न्यु जिल्यान्डमा एक सत्ताधारी राजनीतिज्ञले मदिराको मातमा ‘वेटर’लाई दुव्र्यवहार गरेकोको आरोपमा विवाद चर्किएपछि राजिनामा दिएका छन् भने प्रधानमन्त्री जोन कीले सोमबार यसको स्वागत गर्नुभएको छ ।
नेसनल पार्टीका सांसद एरोन गिलमोरले आइतबार राती सांसद पदबाट राजिनामा दिने घोषणा गरेका छन् । गत महिना उनले साउथ आइल्यान्डको एक रेस्टुराँमा खाना खाँदा आफूलाई धान्नै नसक्ने गरी मदिरापान गरेका थिए । ”मैले गल्ती गरेँ । म पनि मानिस नै हुँ”, गिलमोरले पत्रकारहरूलाई बताए । उनले आफ्नो सत्यनिष्ठामाथि आक्रमण भएको, त्यसले आफ्ना वरपरका व्यक्तिहरूमाथि चोट पुग्न थालेको र यो उनीहरूप्रति उचित कार्य नभएको बतए ।
गिलमोरसँगै खाना खान बसेका वकिल एन्ड्र्यु रिचेजले सांसदले उनलाई थप मदिरा दिन नमान्ने वेटरसँग विवाद गरेको र अपशब्द बोलेको बताए । विवादका क्रममा गिलमोरले प्रधानमन्त्रीको कार्यालयलाई भनेर यी वेटरको जागिर खोसिदिने धम्की दिएको र यी वकिलले पछि यसका लागि रेस्टुराँसँग माफी माग्नुपरेको बताइएको छ ।
गिलमोरले रिचेजका आरोपलाई अस्वीकार गरेपनि आफू मदिराका कारण मातेको तथा ‘वेटर’ प्रति उग्र तथा रुखो भएको स्वीकार गरेका छन् । गिलमोरले सुरूमा राजिनामा दिन अस्वीकार गरे पनि उनले आफूलाई प्रधानमन्त्रीको समर्थन नरहेको देखेपछि राजिनामा दिएका हुन् ।
प्रधानमन्त्री कीले टीभीएनजेलाई यी सांसदको व्यवहार उचित नभएको दलको धारणा रहेको बताउनुभयो । उहाँले गिलमोरले राजिनामा दिएर आफू र आफ्नो परिवारका लागि सही काम गरेको बताउनुभयो । गिलमोरलाई नेसनल पार्टीका अर्का एक सदस्यबाट प्रतिस्थापन गरिने र यसबाट गठबन्धन सरकारमा कुनै प्रभाव नपर्ने बताइएको छ । रासस/एएफपी
- See more at: http://www.onlinekhabar.com/2013/05/70540/#sthash.iTpzg8GV.dpuf
बलिउड नायिकाहरुको क्रेज विश्वभर छ । यसैले पनि उनीहरु विभिन्न खालका नकारात्मक समाचारबाट बच्नका लागि हरदम कोशिश गर्छन् । तर इन्टरनेटको जमानामा उनीहरुलाई धेरै समय अप्ठ्यारो पर्ने गरेको छ ।बलिउडका कैयौ यस्ता चर्चित नायिका छन् जसको नक्कली फोटो इन्टरनेटमा हालेर सनसनी मच्चाउने काम गरिएको छ । उत्तेजक र अश्लिल तस्बिरमा बलिउडका नायिकाको टाउको जोडेर इन्टरनेटमा सनसनी मच्चाउन खोजिएको छ । यस्ता खालका क्रियाकलपाले नायिकाहरुलाई हैरानी पार्ने गर्दछ । बलिउडकी चर्चित नायिका कटि्रना कैफको टाउको जोडिएको एउटा विकिनी फोटोले इन्टरनेटमा केही समय चर्चा कमायो । जसले गर्दा नायिका कैफलाई मिडियामा स्पष्टिकरण दिनु परेको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
यस्तै नायिका अनुष्का शर्माको टाउको बिकिनी पहिरएकी एक मोडलको शरिरमा जोडेर इन्टरनेटमा राखेपछि यसले तहल्का नै मच्चायो । अनुष्काले आफुले कुनै त्यस्तो खालको फोटो निखिचेको भन्दै स्पष्टिकरण दिइन् ।यसको शिकार बलिउडका चर्चित नायिकाहरु करिना कपुर, सोनाक्षी सिन्हा, आशिन, विद्या बालन, काजल अग्रवाल भैसकेका छन् । यस्ता किसिमका गतिविधीले बलिउड नायिकाहरुको दैनिकीमा समेत असर पार्ने गरेको छ भिडियो हेर्नुहोस
भिडियोको लागी तल क्लिक गर्नुहोला
नयां दिल्ली, वैशाख २८ - अलग अलग घटनामा दुई नेपाली किशोरी बलात्कृत भएको केही साता नबित्दै भारतीय राजधानी नयां दिल्लीमा अर्को त्यस्तै घटना भएको छ । यहांस्थित चिराग दिल्लीमा परिवारसंग बस्दै आएकी ४ वषिर्या नेपाली बालिकालाई उनका छिमेकी युवकले वुधबार बलात्कार गरेका छन् । भारतीय राज्य उडिसाका २० वर्षे विकास भनिने ती युवकलाई स्थानीय प्रहरीले घटनाको केही घण्टामै पक्रेको छ । दिल्लीबाट अन्यत्र भाग्न रेलवे स्टेशन पुग्दै गर्दा उनी पक्राउ परेका थिए ।
घटनापछि बालिकालाई अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स्मा भर्ना गरिएको थियो । भर्ना गर्दा स्थिर रहेको बताइएको ती बालिकाको स्वास्थ्यमा अहिले सन्तोषजनक सुधार आएको अनुसन्धानमा संलग्न स्थानीय प्रहरी अधिकारीहरुले बताए । 'अहिले बालिकाको अवस्थामा राम्रो सुधार आएको छ । उनी बोल्न, खान तथा हिंडडुल गर्न सजिलै सक्छिन्,' माल्भियानगर प्रहरी थानाकी एक अनुसन्धान अधिकृतले बिहीवार कान्तिपुरसंग भनिन् ।
घटनामा संलग्न युवकलाई प्रहरीले बिहीवारै स्थानीय साकेत जिल्ला अदालतमा पेश गरेको छ । प्रहरीका अनुसार, भारतीय दण्ड संहिताको धारा ३७६ र ३७७ तथा बालबालिकामाथि हुने यौनहिंसा प्रतिरोधी ऐन पोक्सोको धारा ४ मातहत यो मामिला दर्ता गरिएको छ । धारा ३७६ बलात्कारसंग र ३७७ अप्राकृतिक यौन सम्बन्धसंग सम्बन्धित कानूनी धारा हुन् । यदि अभियोग प्रमाणित भए, दोषीलाई १० वर्षसम्मको जेल सजाय हुनसक्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।
घटना यसरी भयो
पीडित नेपाली परिवार र बलात्कारमा संलग्न युवक चिराग दिल्लीस्थित भाडाको घरमा सँगै जोडिएको कोठामा बस्दै आएका थिए । बुधवार घरमा बालिकाका आमाबाबु नभएको मौका पारी ती युवकले उनलाई आफ््नो कोठामा ललाइफलाई लगेका थिए । घटनाको आधा घण्टापछि बालिकाले आमासंग आफ््नो संवेदनशील अंगमा दुखेको गुनासो गरेपछि बलात्कारबारे पत्ता लागेको थियो । त्यतिबेलासम्म ती युवक फरार भइसकेका थिए । परिवार र अरु छिमेकीले त्यसपछि प्रहरीलाई खबर गरेका थिए । त्यसको केही घण्टापछि नै प्रहरीले पक्रेको थियो । पीडित बालिकाका बाबु घरघरमा पानीको बोतल पुर्याउने काम गर्छन् भने आमा घरेलु कामदार हुन्् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
पाकिस्तान मुलकी भारतीय नायीका बिना मल्लिकमाथी मंगलबार हातपात गरेका छन् । उनलाई एक कार्यक्रमकाबीच एक प्रशंसकले झम्टिएका थिए ।
नायीका बिना मल्लिक आफ्नो आगामी चलचित्र 'जिन्दगी ५०-५०' को प्रचारका लागी जयपुरमा उनीमाथी हातपात गरिएको हो । हजारौ प्रशंसकहरू बीच रहेकी नायीका बिना मल्लिकलाई सुरक्षा घेरा तोड्दै त्यहाँ रहेका एक समर्थक स्टेजमा पुगेका थिए । समर्थक नै स्टेजमा पुगेपछी उनले बिनाका संवेदनशिल अंगमा समेत समात्न पुगेको बताइएको छ ।
पछी त्यहाँ रहेका सुरक्षाकर्मीहरुले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य भएको थियो ।
उनको नयाँ चलचित्र 'जिन्दगी ५०-५०' विभीन्न भाषामा डबिङ भइरहेको छ भने चलचित्र आगामी २४ मे मा रिलिज हुने तयारीमा रहेको छ !
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
मस्कट । रोजगारीको शिलशिलामा ओमान पुगेका दुई नेपालीको सडक दुर्घटनामा परि ज्यान गएको छ । गत मे ३ तारिखमा भएको दुघर्टनामा परि सुनसरी धरानकी ३५ बर्षीय प्रमिला माझीको ज्यान गएको हो । माझी गएको जनबरीमा मात्रै ओमान आएकी हुन् । माझी ओमानको राजधानी स्थित बौसर भन्ने ठाउँमा स्थानिय ओमानीको घरमा घरयासी काम गर्दै आएकी थिइन् । उनको पार्थिब शब लाई युनिभर्सिटी हस्पितलमा राखिएको छ । शबलाई नेपाल पठाउन आबश्यक प्रक्रिया सु्रु गरिसकेको वताइएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
जो कोही मान्छेले अरुभन्दा फरक कुरा गरेर चर्चा कमाउन चाहन्छ । तर सबैसँग त्यस्तो फरक काम गर्ने अक्कल र हिम्मत नहुन सक्छ । अस्ट्रेलियाका एक पुरुषले भने आफुमा हिम्मत र अक्कल दुबै भएको प्रमाणित गरेका छन् । जिम हन्टर नामका ती व्यक्तिले एक युवतीको पेटमाथि राखेर एक मिनेटमा २५ वटा तरभुजा काटेर विश्वरेकर्ड कायम गरेका छन् ।
काठमाडौँ - मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कपमा आयोजकलाई सात विकेटले पराजित गर्दै नेपाल समूह विजेता बन्दै उपाधिका लागि भिड्ने भएको छ।
१५२ बल बाँकी छँदै मलेसियालाई पराजित गरेसँगै नेपाल समूह बीको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। नेपाल र मलेसिया दुवै यो खेलअघि नै फाइनलमा पुगिसकेका थिए।
यसअघिको खेलमा ह्याट्रिक गरेर सनसनी मच्चाएका अविनाश कर्णले आजको खेलमा पनि ६ विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको मलेसिया २२.४ ओभरमै ६९ रनमा समेटिएको थियो।
भुवन कार्कीले दुई र यज्ञमान कुमाल तथा सुशान्त भारीले एक-एक विकेट लिए।
७० रनको लक्ष्यका साथ ब्याटिङमा उत्रिएको नेपाली टोलीका तर्फबाट हरिशंकर शाहले अविजित २८, विवत्सु थापाले १७, अमित श्रेष्ठले १० निश्चल पान्डेले ७ र निर्मल थापाले ३ रन बनाए।
फाइनलमा नेपालले युएई वा साउदी अरेबियासँग खेल्नेछ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
२४ वैशाख, काठमाण्डौ । पाकिस्तानको उत्तरपश्चिमी कुराम आदिवासी क्षेत्रमा सोमवार भउकोबम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार कुराम आदिवासी क्षेत्रमा तालिवान समर्थक दल जमियात-ए-उलेमा इस्लामको निर्वाचन सभामा सो बम विस्फोटन गराइएको थियो ।
यस क्षेत्रका सरकारी प्रशासक जावेद खानले यस आक्रमणका कारण ६७ व्यक्ति घाइते भएको बताउनु भएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पताल स्रोतले जनाएको छ । यस आक्रमणको पाकिस्तानी तालिवानी आतङ्ककारी जिम्मा लिएको जनाइएको छ । पाकिस्तानको ओराक्जाई आदीवासी इलाकाका एकजना वरिष्ठ आदीवासी राजनीतिज्ञ जमियात-ए-उलेमा इस्लाम पार्टीबाट निवार्चनमा सहभागी हुन लाग्नु भएको विरोधमा सो आक्रमण भएको समाचारमा उल्लेख छ ।
खानले यस आक्रमणमा दलका दुई नेता जोगिएको पनि बताउनु भएको छ । सो आन्दोलन जारी नै रहेको पनि समाचारमा जनाइएको छ । रासस/एएफपी
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
कुवेतमा एक नेपाली महिलाले जेलभित्रै आत्महत्या गरेकी छिन् । नाम नखुलाइएकी ३५ वर्षकी नेपाली महिलाले सुलाइबियामा रहेको केन्द्रिय कारागारभित्रै आत्महत्या गरेको अरब टाइम्स अनलाइनले जनाएको छ ।
महिलाले आत्महत्या गरेकेा खबर पाउनासाथ जेलका कर्मचारी सहितको चिकित्सक टोली घटनास्थल पुगेको र अहिले उनको शवलाई पोष्टमार्टमा लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ । नेपाली महिलाले आत्महत्या गर्नुको खास कारण नखुलेको र घटनाको अनुसन्धान भैरहेको समाचार छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
बधाई छ नेपाली क्रिकेट टोली लाई !
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
मोडल तथा रियालिटी स्टार बील्ली फेयर्सले आफ्ना करोडौ फ्यानहरुको मनमा बस्न नयाँ रणनीति अपनाएकी छिन् । २३ बषिर्या यि स्टारले सुरु गरेको रियालिटी शो ले दर्शकको मन जितिरहेको छ ।‘टोइ’ नाम दिइएको उक्त रियालिटी शो को बारेमा बील्ली भन्छिन्, ‘हामी विश्वभरबाट आएका सबै पर्यटक टोइ हौ ।’ उनले हालै मात्र एक म्यागेजिनका लागि फोटोसुट पनि गरेकी छिन् । फोटोसुटका क्रममा बील्लीले निक्कै उत्तेजक पहिरन लगाएकी छिन् । हट फोटोका कारण पनि बील्लीको चर्चा विश्व
भर चल्ने गर्दछ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
'वैशाख ,२१,दोहा (कतार), - डेढ वर्षअघि भैरहवा रूपन्देहीका जयमंगल यादवले कतारको दोहास्थित सफारी मलको 'विन वान मिलियन अफर' को लक्की ड्रमा १० लाख रियाल अर्थात् २ करोड रुपैयाँको पहिलो पुरस्कार लाई परेको थियो । दोस्रोमा राखिएको ल्यान्ड क्रुजर प्राडो गाडी बाग्लुङ बुर्तिवाङका नरबहादुर बस्नेतले जितेका छन् । यसपछि ठुलो पुरस्कार पाउने नेपाली बाहिर आएको थिएन । तर, गत बिहिबार यस्तो समाचार बाहिर आयो, एउटा नेपालीले १० लाख अमेरिकी डलर (झन्डै पौने ९ करोड रुपैया) पाएपछि दोहामा तरंग ल्याइदिएको छ । त्यो रकम हात पार्ने भाग्यशाली ब्यक्ति थिए, डिल्लीराम पराजुली । तर उनी यो समाचार तयार पार्ने बेलासम्म सार्वजनिक नभएपछि थप कौतूहलता र खोजीको बिषय बनेको छ । घोषणाभएदेखि नै फेसबुकलगायत सामाजिक सञ्जालहरुमा 'डिल्लीराम पराजुली' नाम भएको ब्यक्तिको निकै खोजी भइरहेको छ । फेसबुकमा जति जना डिल्लीराम पराजुली भेटिन्छ, उसको बसाई कतारमा हो कि होइन भनेर हेरिन्छ । कतार लेखिएको रहेछ भने कतै उही त होइन पौन नौ करोड जितेर आफ्नो भाग्य चम्काउने नेपाली भनेर चासो भइरहेको छ ।
यसरी जिते पानै नौ करोड कतारको दोहा अन्तराष्ट्रिय बिमानस्थमा दैनिक हजारौ यात्रु आवतजावत भइरहन्छ । बिश्वभर छरिएका नेपालीको लागि कतार बिमानस्थल एउटा ट्रन्जिट बनिरहेको छ । बिमानस्थलमा रहने सबै यात्रुको लागि कर नतिर्नुपर्ने गरी सबै खालको बर्गलाई लक्षित गरी पसल खोलिएको छ, जसलाई 'कतार डिउटी फि्र सप' भनिन्छ । यस पसलले सन् २००६ देखि एउटा चिट्टा काट्ने र पाँच हजारले काटेपछि खोल्ने ब्यबस्था गर्दै आएको छ । यस्तो चिट्ठा यात्रुहरु आउने, जाने र भिआइपी -बिशिष्ट पहुना बस्ने कोठा) कक्षमा राखिएको हुन्छ । ९ सय ५० रियाल -झण्डै २२ हजार रुपैया) तिरेपछि यो चिठ्ठा पाइन्छ । यो कुनै सामान वा कतार एयरवेजको टिकट किनेर पाउने छुट वा अबसर होइन । त्यो चिट्ठा पाँच हजार वटा बिक्री भएपछि गत बिहीबार साँझ खोलिएको थियो । कतार एयरबेयज तथा कतार ड्यूटी पि|m सपका प्रमुख कार्यकारी अधिकृत अकबर अलवाकरले पाँच हजार चिठ्ठाबाट एउटा रसिद निकल्दा डिल्लीराम पराजुलीले जितेको हो । यसको बास्तबिक राशी भने एक मिलियन अमेरिकी डलर हो । टिकट नम्बर १९२२ को रसिद निकाल्दा डिल्लीराम पराजुली लेखिएको चिठ्टा देखाउदै प्रमुख कार्यकारी अधिकृत अलवाकरले पराजुलीलाई 'बधाई' दिएका थिए । त्यसपछि आयोजकले डिल्लीरामको थप केही बताएको छैन् । यो पुरस्कार जित्ने उनी १२ औं ग्राहक हुन् । यसअघि गत जनवारी एकमा लक्की ड्र गर्दा भारतीय नागरीकले गोपालन नैर बाबुगोपालले पाएका थिए । आयोजकले कतारमा कम्पनीले राखेको यो सबैभन्दा ठुलो राशीको चिठ्ठा भएको दावी गरेको छ । 'कतारको कम्पनीको इतिहासमा यति ठुलो नगद पुरुकार राख्ने हामी पहिलो हौं', उनले भनेका छन्,'दोहा बिमानस्थलबाट जाने यात्रुको लागि हामीले यो अभियान जारी राख्न पाउदा निकै खुसी छौं्द्य ।'
डिल्लीरामलाई बधाईको आ्द्येइरो नेपालीले यतिधेरै रकम जितेपछि कतारमा कार्यरत नेपाली निकै खुसी भएका छन् । उनी सार्वजनिक नभएपनि फेसबुकमा बधाईदिनेहरुको आइरो नै छ । साथीभाईबीच उनको बिषयमा चर्चा परिचर्चा चलिरहेकेा छ । आफ्नो क्याम्पमा डिल्लीराम पराजुली नाम गरेको साथीभाई खोज्न थालेको छ । बिभिन्न जिल्लास्तरको संघसंस्थाहरु आफ्नो जिल्लाको होकि भनेर पहिचान गर्न कस्सिएका छन् । जनवारीदेखि अपि्रल १८ सम्म टिकट किन्नेले यो जितेको हो । कतारमा ट्याक्सी दौडाउन इश्वर कार्कीको आफ्नै तर्क छ,'त्यत्रो मुल्यको चिठ्ठा किन्नुपर्दोरहेछ । कतारमा काम गर्ने होइन होला ।' आइतबार बिहान सबेरै नवलपरासीबाट सम्र्पकमा आएका डिल्लीराम पराजुलीले आफ्नो प्लेन टिकटको नम्बर मिलेकोले मलाई परेको होकि भनेर सम्र्पकमा आए । नेपाली दुताबासमा पनि त्यस्तो ब्यक्तिले आफुलाई पुरस्कार परेको भनेर सम्र्पक गरेको्द्य छैन् ।
डिल्लीराम किन बाहिर आएनन् ? एकजना आफुलाई डिल्लीराम चिन्ने ब्यक्ति बताउनेका अनुसार पुरस्कार हात नपरेसम्म डिल्लीराम बाहिर आउने वाला छैनन् । 'डिल्लीराम सनैयामै बस्छन् । उनी सामान्य कामदार हुन् । उनले आफ्नो कागजपत्र सहित चिठ्ठाको अर्धकट्टी बुझाइसकेका छन्', ती ब्यक्तिले भने,'सुरक्षाको लागि पनि बाहिर आउन चाहँदैनन् ।' यो सुचना दिने ब्यक्तिलाई डिल्लीराम भेटाइनदिन अनुरोध गर्दा तत्काल उनले कसैसँग सम्र्पक गर्न नचाहेको बताए । तिनका अनुसार अहिले आफ्नो बारेमा कसैलाई केही नभन्न अनुरोध गरेका छन् । 'त्यस्तो असुरक्षा त यहाँ हुदैन', जनसम्पर्क समितिका अध्यक्ष बिमल सुबेदीले भने, 'सायद उनले यसलाई कसरी बुझेका छन् ।' डिल्लीरामको बिषयमा थप बुझ्न यहाँ नेपालीहरु आतुर छन् । 'हामी डिल्लीराम कस्ता ब्यक्ति हो भन्ने बुझ्न चाहन्छौं', पोखराका उदय सुनुवारले भने,'उसको बिषयमा थाहा पाउन निकै आतुर छौं|'
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
२० वैशाख, काबुल । अफगानिस्तानको एक धार्मिक मान्यताले जकडिएको गाउँ छ र त्यहाँ करिब तीन सय जना गाउँले जम्मा भएका छन् । किन भने त्यहाँ एकजना युवतीलाई गोली हानेर मारिँदै थियो ।तर ती गाउँलेले ती युवतीलाई बचाउनका लागि होइन कि उनलाई कथित कारबाहीस्वरुप हत्या गरेको हेर्न वा हत्याको साक्षी बस्नका लागि त्यहाँ उपस्थित भएका थिए । तिनै मानिसको भीडबाट एकजना १९ वर्षीया युवतीका पिता निस्किए । हातमा बन्दुक लिएका उनले आˆनी छोरीमाथि प्रहार गरे । ती युवतीका पिताले आˆनी छोरीलाई टाउको, पेट र छातीमा गरी तीनवटा गोली हाने, तर गाउँलेले त्यसको कुनै विरोध गरेनन् बरु उनीहरुले ताली बजाएर समर्थन गरे ।
धार्मिक अन्धविश्वासमा जकडिएको एक गाँउमा महिलामाथि गरिने कारबाहीको स्वरुप हो यो । ती गाउँहरुमा गल्ती गर्ने अथवा उनीहरुले तोकेका निश्चित कामहरुको विरुद्धमा जाने महिलालाई यसरी नै कारबाहीस्वरुप हत्या गर्ने गरिन्छ ।हालिमा अफगानिस्तानकी एक १९ वर्षीया युवती हुन् । उनी यसअघि नै विवाहित युवती हुन् । उनका दुईवटा बालबच्चा पनि छन् । तर यी छोरीलाई आफ्नै पिताले कारबाहीस्वरुप यसरी गोली हानेर हत्या गरे ।हालै भएको यस घटना सरसर्ती सुन्दा एउटा कुनै चलचित्रको काल्पनिक कथाजस्तो लाग्छ । तर यो अफगानिस्तानका महिलाको वास्तविकता हो र यसरी नै उनीहरुले आफूविरुद्धको हिंसा सहनु परेको छ ।
यसरी गोली खाएर ज्यानै गुमाउनुपर्नाको उनको दोष के थियो त ? उनको दोष थियो- उनी एकजना परपुरुषसँग लागेकि थिइन् रे । तर यसको कुनै प्रमाण छैन र उनले त्यो स्वीकारेकी पनि छैनन् । यसरी परपुरुषसँग लागेको भन्नेजस्ता कैयन काल्पनिक दोषारोपणबाट यो आधुनिक एवम् वैज्ञानिक समाजमा पनि अफगानिस्तानका कयौँ महिलाले बर्सेनि ज्यान गुमाउने गर्दछन् । सो घटनापछि अफगानिस्तानको उत्तरपश्चिमी प्रान्तका एकजना प्रहरी अधिकारीले भने- ती युवतीलाई परपुरुषसँग लागेको अरोप लगाइएको थियो, त्यसैले गाउँलेले नै उनीहरुको धार्मिक मान्यताबमोजिम सो कारबाही गरेका हुन् ।
यस्तो सार्वजनिक कारबाहीको नाम दिइएको घटनालाई अफगानिस्तानमा धार्मिक मान्यताबमोजिम बैध नै मानिन्छ । महिलाको चरित्रसम्बन्धी कुनै प्रश्न उठेमा उनलाई यसरी सार्वजनिक स्थलमा ढुङ्गाले हानेर वा यसरी गोली हानेर नै हत्यागर्ने गरिन्छ ।उनी भार्खरै १९ वर्षकी भइन् र उनका श्रीमान कामका लागि इरानमा छन् । उनलाई यस्तो कारबाहीको निधो उनका पिताले नै गरका हुन् । उनले तालिवानीहरुको वकिललाई छोरीलाई कस्तो कारबाही गर्ने भनेर सोधेका र उनीहरुले सार्वजनिक स्थलमा गोली हानेर मार्ने भन्ने सल्लाह दिएपछि ती बुबाले यस्तो कारबाही गरेका थिए । ती प्रहरी अधिकारीले भने उनको परिवारसँग सो घटनाका बारेमा बुझ्नका लागि गएको बताएका छन् । तर उनलाई पक्राउ गर्ने योजना बारे भने उनले केही भनेनन् । ती अधिकारीले भने – हामी उनको घरमा घटनाबारे बुझन घटना भएको तीन दिनपछि पुगेका थियौँ तर उनको परिवार गाँउबाटै भागिसकेेको थियो ।
उत्तरपश्चिमी प्रान्तक बाग्धीको कुकचहेल भन्ने गाउँमा गत अपि्रल २२ मा सो घटना भएको थियो । यस गाँउ धार्मिक कुसंस्कारमा जकडिएकोले यसअघि पनि त्यहाँ यस्ता घटना हुने गरेका छन् । उक्त हत्याको भिडियो पनि सार्वजनिक गरिएको छ । उक्त भिडियोमा ३०० देखि ४०० जना गाँउले सो घटनामा उपस्थित भएका छन् र उनीहरुले उक्त हत्याको समर्थन गरेका छन् । उक्त भिडियोमा देखाइएअनुसार ती युवतीका पिता सो सार्वजनिक स्थानमा आउँछन र उनले आफूसँगको बन्दुक झिकेर तीन पटकसम्म प्रहार गर्छन् । ती गोली लागेर युवती ढलेपछि भने उनका भाई आँखाबाट आँशु झारेको दृश्यपनि उक्त भिडियोमा देखाइएको छ । तर उनी सानो भएको र त्यत्रो सङ्ख्यामा गाउँले नै उपस्थित भएका तथा आˆनै बुबाको हातमा बन्दुक भएकोले उनले केही बोल्न नसकेको जस्तो दृश्य उक्त भिडियोमा देखिन्छ ।
एम्नेष्टि इन्टरनेशनल र विश्वका महिलावादी सङ्घसंस्थाहरुले यस घटनाको व्यापक रुपमा विरोध गरेका छन् । उनीहरुले यस्तो घटनालाई महिलामाथिको अधिकारको हनन् मात्र नभएर आधुनिक मानव समाजकै पासविक घटना हो भनेका छन् । तर उनीहरुले यस्ता घटनाको विरोध गरिनै रहेतापनि अफगानिस्तानमा भने यी पासविक हत्या र दुव्र्यवहारहरुमा भने कमी आएको छैन । रासस/एएफपी
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
इराकसहित बिभिन्न मुलुकमा नक्कली बम डिटेक्टर (बम पत्ता लगाउने यन्त्र) बेचेको आरोपमा एक बेलायती नागरिकलाई १० बर्ष कैद फैसला सुनाइएको छ । बेलायतको वल्ड बेली अदालतले निर्दयी तरिका अपनाएकोमा ५७ बर्षीय जेम्स म्याक कोर्मिकलाई यस्तो फैसला सुनाएको हो ।
उनले बिभिन्न समयमा बिभिन्न देशलाई बेचेको सात सय बढी नक्कली बम डिटेक्टरको कारणले सयौंले ज्यान गुमाएका थिए । द्वन्द्वग्रस्ता इराकसहित बिभिन्न देशमा उनले बिक्री गरेको डिटेक्टरको भर पर्दा सयौंले ज्यान गुमाएकोमा विश्वभर नै उनको व्यापार तरिकाको आलोचना भएको छ ।
सयौंको ज्यान लिने गरी व्यापार गरेर उनले ५० मिलियन पाउन्ड आम्दानी गरेको अदालतको भनाई छ । उनको कमाईलाई अदालतका न्यायाधीशले घृणित कमाईको संज्ञा दिएका छन् । कोर्मिकलाई सजाय फैसला सुनाउँदै न्यायाधीश रिचार्ड हानले डिटेक्टर काम नलाग्ने, उनको कमाई घृणित र उनले गरेको बढ्याईं घृणितको हद भएको टिप्पणी गरेका छन् ।
कोर्मिकले बम पत्ता लगाउने भन्दै ईराकसहित जर्जिया, रोमानिया, नाइजेरिया, थाइल्याण्ड र साउदी अरेबियामा नक्कली सामान बेचेको आरोप छ । उनले प्रति डिटेक्टर ४० हजार पाउन्डमा बिक्री गरेको बेलायती प्रहरीको भनाई छ । उनले बेचेको बम डिटेक्टरको भर पर्दा सयौ निर्दोषले ज्यान गुमाउनु परेको थियो ।
जमिनमुनी आधा माइल, पानीमा एकसय फिट र हावामा तीन माइकलसम्मको बम पत्ता लगाउने भन्दै उनले बिक्री गरेको सामानहरु नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको थियो । उनको नक्कली कामको पर्दाफास दुई बर्ष अघि नै भएको थियो ।
कोर्मिकले भने आफूले सही सामान बेचेको दाबी गर्दै आएका छन् । 'मैले मेरो ग्राहकबाट कुनै नकारात्मक प्रतिक्रिया पाएको छैन्', उनले भनेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
विमान परिचारिका अर्थात् एयर होस्टेजले
चम्किलो लाली अर्थात् लिपिस्टिक लगाउन नपाउने भएका छन् । यद्यपि यस्तो
बन्देज हाम्रो देशमा भने होइन ।
टर्कीको सरकारी वायुसेवा कम्पनीले आफ्ना
विमानमा कार्यरत परिचारिकाहरुलाईर् रातो तथा गुलाबी रंगका चम्किलो
लिपिस्टिक ओँठमा लगाउन नपाउने निर्णय गरेको छ । विमान परिचारिकाहरुका लागि
नयाँ नियमजारी गर्दै एयरलाइन्सले यस्तो बन्देज लगाएको हो । सरकारी वायुसेवा कम्पनीको यस्तो बन्देज
प्रति विपक्षी दल तथा अधिकारकर्मीले घोर विरोध गर्दै सामाजिक संजालमा कैयन्
महिलाहरुले चम्किलो लाली लगाएर सेक्सी फोटोहरु अपलोड गरिरहेका बताइएको छ ।
तर सरकारले भने वायुसेवा कम्पनीको निर्णयको बचाउ गर्दै वायुयान
कर्मचारीहरुलाई सभ्य र सुन्दर देखाउन सामान्य पहिरनमा जोड दिइने बतायो ।
झण्डै आधा सरकारी लगानी रहेको टर्किस
एयरलाइन्सले अघिल्लो महिना आन्तरिक उडानमा मदिरा समेत प्रतिबन्धित गरेको
थियो । त्यस्तै फेब्रुअरीमा एयरलाइन्सले परिचारिकाहरुले गोलिगाँठो
सम्मपुग्ने लामो फ्रक लगाउनुपर्ने नियम बनाएको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
एक एफ एम रेडियोमा अन्तरवार्ता दिन जाँदा अस्ट्रेलियामा एक व्यक्ति झण्डै मुर्छा परेनन् । पशु चिकित्सक क्रिस ब्राउनलाई झण्डै मुर्छा पार्ने घटना सुन्दैमा अचम्म लाग्दो छ । सिड्नीको नोभा एफ एम रेडियोमा अन्तरवार्ता दिन गएका ब्राउन त्यसबेला तिनछक परे जब उनलाई अन्तरवार्ता लिने दुइ जना पत्रकार नांगै थिए ।
अन्तरवार्ता लिने पत्रकार द्वय फिट्जी र विप्पाले ब्राउनसँग अन्तरवार्ता लिने अवधिभर कुनैपनि लुगा लगाएनन् ।
उनको अन्तरवार्ताको माध्यमबाट रेडियो शो प्रवर्धन गर्ने लक्ष्य संचालकको भएकाले पनि शो लाई अझ चर्चित बनाउन संचालक द्वय नांगिएका थिए ।
यद्यपि ब्राउनलाई आफुसँग अन्तरवार्ता लिने पत्रकारहरु निर्वस्त्र छन् भन्ने पूर्व जानकारी थिएन । जापानमा हुने निर्वस्त्र मेलाको अवसरमा प्रदर्शन गर्नका लागि उक्त निर्वस्त्र रेडियो शो तयार पारिएको हो । आफुले निर्वस्त्र पर्वका लागि अन्तरवार्ता दिएको र निर्वस्त्र पत्रकारलाई अन्तरवार्ता दिँदा निकै अचम्म लागेको उनको भनाइ छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
हरेक तिन जनामा एक जना बेलायती पैसाका लागि जो सुकैसँग पनि सेक्सका लागि तयार हुन्छन् । धनी देश बेलायतका जनताले पैसाकै लागि आफ्नो जवानी दाउमा राख्लान् भनेर सायद पत्याउनुहुन्न होला । तर यो कुरा सत्य हो की एक तिहाइ बेलायती १० लाख पाउण्ड पैसा पाएमा जो सँग पनि सेक्स गर्न तयार हुन्छन् ।
अध्ययन अनुसार ३५ प्रतिशत बेलायतीले १० लाख पाउण्ड आफ्नो हातमा पारिदिने जो सुकैसँग आफु यौनक्रिडा गर्न तयार हुने बताएका छन् । झण्डै १४ करोड २४ लाख रुपैयाँमा जो सुकैलाई जवानी सुम्पिन तयार हुने बेलायतीहरु सयमा ३५ जना भएपनि अरु ६५ जनाले भने पैसाका लागि आफुले आफ्नो अस्मिता नबेच्ने बताए । आफुले कुनैपनि बहानामा पार्टनरलाई धोका दिन नसक्ने उनीहरुको भनाइ छ । अनलाइनबाट गरिएको सर्भे अनुसार ४५ प्रतिशत बेलायतीले फोन सेक्सको मज्जा लिने गरेका छन् । त्यस्तै १४ प्रतिशतले सेक्सको बेला आफ्नो भुपु मायालुलाई सम्भिने गर्दा रहेछन् भने ५ प्रतिशतले सेक्सकै बेला आफ्नो कार्यालयका सहकर्मीलाई सम्भिदा रहेछन् ।
अध्ययन अनुसार बेलायतीहरुले हप्तामा ३ देखि ४ पटकसम्म सेक्स गर्छन् । २ प्रतिशत बेलायतीहरुले अहिलेसम्म आफुले १ सय भन्दा बढि जनासँग सेक्स गरेको बताएका छन् । २२ प्रतिशत बेलायतीले भने अहिलेसम्म सेक्सका बेला कण्डम प्रयोग गरेका छैनन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
नेपालमा मात्र होइन विश्वका अन्य देशहरुमा पनि बेरोजगारको संख्या धेरै नै छ | बेरोजगार भएपछि जर्मनीमा कामको खोजि गरिदिने कम्पनीमा एक युवतीले जागिरको खोजीको लागि आफ्नो बायोडाटा पेस गरेकी थिइन् |
जागीर खोजिदिने उक्त कम्पनीले कामको खोजि गरेकी उक्त १९ बर्षीय किशोरीलाई बेश्यालयमा काम गर्न भन्दै घरमै प्रस्ताब पठाएपछि किशोरी अचम्मित भएकी छिन् | आफुले घरको रेखदेख गर्नको लागि कुनै काम छ भने खोजिदिन भनेको भन्दै स्थानीय पत्रिकालाई चिठ्ठी पढेर आफु स्तब्ध भएको बताउदै उक्त नियुक्ति पत्र पढ्दा आमाले जोडले चिच्याएको समेत बताइन |
यसरि घरको रेखदेख गर्ने काम खोज्दा वेश्यालयमा काम गर्ने प्रस्ताव गरेको चिट्ठी घरमा पठाएको घटना सार्बजनिक भएपछि जागिर खोजिदिने उक्त कम्पनीले किशोरी संग माफी मागेको छ |
देह व्यापार कानुनी ब्यबसायको रुपमा रहेको जर्मनीको उक्त जागिर खोजिदिने कम्पनीका प्रमुखले चिठ्ठी पठाउनु अघि यवुतीलाई नसोध्नु गल्ती भएको स्वकार गरेका छन् |
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
युरोपेली मुलुक नेदरल्याण्डले सन् १८९०
यता पहिलोपटक राजा पाएको छ । ३३ वर्षसम्म राजगद्दी सम्हालेकी रानी
बिटि्रक्सले आफ्ना जेठा छोरालाई गद्दी सुम्पिएसँगै राजकुमार विलेम
अलेक्जेण्डर नेदरल्याण्डको राजा बनेका छन् । एम्सर्डममा रहेको राजदरबारमा
आयोजित विशेष समारोहबीच रानीले गद्दी त्याग गर्दै छोरालाई गद्दी सुम्पिएकी
हुन् ।
रानीले छोरालाई गद्दी सुम्पिएसँगै नयाँ
राजा पाएको खुसियालीमा नेदरल्याण्डका जनता उत्सव मनाउन सडकमा उत्रिएका छन् ।
अलेक्जेण्डरको गद्दी आरोहण समारोहमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दा
रानी निकै भावुक देखिन्थिन् र उनका खुसीका आसु झण्डै चुहिएका थिए । गद्दी
हस्तान्तरण गरिएको कागजमा पूर्व रानी र वर्तमान राजा अर्थात् आमाछोराले
हस्ताक्षर गरे । राजदरबार बाहिर जम्मा भएको भिडलाई सम्बोधन गर्दै ७५ वर्षीय
पूर्व रानी बेटि्रक्सले भनिन् ‘तपाइँहरुको नयाँ राजा विलेम अलेक्जेण्डरलाई
चिनाउन पाउँदा मलाई निकै खुसी लागेको छ ।’
छोरा अलेक्जेण्डरले पनि आमाको हात समाउँदै
आभार व्यक्त गरेर श्रद्धाले झुकेका थिए । अलेक्जेण्डर ४६ वर्षका छन् ।
अलेक्जेण्डर राजा बनेसँगै उनकी पत्नी म्याक्जिमा रानी बनिन् भने जेठी छोरी
राजकुमारी घोषित भइन् । नेदरल्याण्डमा सन् १८९० यता महिला (रानी) ले गद्दी
सम्हाल्दै आएका थिए । हेरौँ गद्दी हस्तान्तरण सहित नेदरल्याण्डका जनताले
मनाएका खुसीका दृश्यहरु