नेपाल क्रिकेट संघका सदस्य किरण राणाका अनुसार नेपाली टोलीलाई एयरपोर्ट गौशाला, रातो पुल, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, पद्मकन्या मोड, भृकुटीमण्डप, सहिद गेट, त्रिपुरेश्वर
हुँदै राष्ट्रिय खेलकुद परिषद् पुर्याइने छ। एयरपोर्टमा नेपाली टोलीलाई
पञ्चकन्याद्वारा स्वागत गराई धिमे बाजाका साथ नगर परिक्रमा गराइनेछ।
मिनी
टाटालाई फुलमालाले रंगाई खेलाडीलाई नगर परिक्रमा गराउन लागेको उनले बताए।
खेलकुद परिषद् हातामा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ र सदस्यसचिव युवराज
लामाले कार्यक्रममा पुरस्कारको घोषणा गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठको
अध्यक्षतामा बसेको राखेपको ९७औं बोर्ड बैठकले नेपाली टोलीका प्रत्येक
खेलाडीलाई जनही नगद ३ लाख ५० हजार दिन सरकारलाई सिफारिस गरेको थियो।
चुनावी
मन्त्रिपरिषद् अध्यक्ष खिलाराज रेग्मीले समेत खेलाडीलाई बुधबार नै भेट्ने
कार्यक्रम छ। त्यस्तै एकीकृत माओवादीले दिउँसो ४ बजे नेपाली टोलीलाई
पेरिसडाँडामा सम्मान गर्ने भएको छ। सूत्रका अनुसार माओवादीले नेपाली टोलीका
प्रत्येक खेलाडीलाई नगद २० हजार दिने तयारी गरेको छ। त्यस्तै नेपाल
क्रिकेट संघले पनि जनही १ लाख दिने भएको बताइएको छ।
|
|
२९ वैशाख, काठमाडौं । स्पेनिस ला लिगा
फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड
स्पानियोलसँग १–१ को बराबरीमा रोकिएपछि बार्सिलोनाले ४ खेल अघि नै उपाधि
पक्का गरेको हो ।
दोस्रो स्थानमा रहेको रिलय मड्रिडले २ खेल
मात्र खेल्न बाँकी छ र बार्सिलोनाको ७ अंकको अग्रता छ । बार्सिलोनाको ३४
खेलबाट ८८ अंक छ भने ३६ खेल खेलेको रियलको ८१ अंक मात्र छ ।
क्याम्प नाउको प्रशिक्षक टिटो भिल्लोनोभको
यो पहिलो उपाधि हो भने पछिल्लो ५ वर्षमा बार्सिलोनाले चौथो पटक ला लिगाको
उपाधि उचालेको हो । ८१ लिग खेलेको बार्सिलोनाको यो २२ औं उपाधि हो । रियल
मड्रिडले भने अहिलेसम्म ३२ पटक ला लिगा जितेको छ ।
स्पेनिस सुपर कपको फाइनलमा रियल मड्रिडसँग
पराजित भएको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रे कप फुटबलको पनि
सेमिफाइनलबाट बाहिरिएको छ । रियल मड्रिडले कोपा डेल रेको उपाधिका लागि
आगामी शुक्रबार एल्थेटिको मड्रिडसँग खेल्नेछ ।
ला लिगामा यो सिजन पनि बार्सिलोनाका
अर्जेन्टिनी स्टार लिओनल मेस्सी सर्वाधिक गोलकर्ता छन् । उनले ४६ गोल गरेका
छन् भने रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले ३४ गोल गरेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
२५ वैशाख, काठमाण्डौं । आइसीसी वल्ड
क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेर नेपाल फर्किएको नेपाली राष्ट्रिय
क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ । डिभिजन थ्रीको उपाधि उचाल्दै डिभिजन
टुमा उक्लिएको नेपाली क्रिकेट टोलीलाई बर्मुडावाट बुधवार विहान त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए लगत्तै नेपाल क्रिकेट संघ क्यान, समर्थक
तथा सुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए ।
नेपाली टोलीको स्वागतका लागि
पञ्चेवाजासहितको टोली विमानस्थल पुगेको थियो । यस्तै नेपाली क्रिकेटका
समर्थकहरु नेपाली राष्ट्रिय झण्डाका विमानस्थल पुगेका थिए । यस्तै नेपाली
क्रिकेट समर्थकहरुले क्रिकेट खेलाडीहरुलाई स्वागत गर्दै यो नेपाली शिर
उचाली संसारमा लम्किन्छ, रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जस्ता गीत
गाएका थिए । क्रिकेट खेलाडीहरुलाई स्वागत गर्न नेपाली क्रिकेट टोलीका
कप्तान पारस खड्काका हजुरवुवा समेत विमानस्थल पुग्नु भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
पत्रकारहरुसंग कुराकानी गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले
आफूहरुले डिभिजन थ्रीमा पाएको सफलता सवै नेपालीको सफलता भएको वताउनुभयो ।
उहाँले भन्नुभयो,’हामीले सुरुवाती दुई खेल गुमाएपनि हतास नभई खेल्यौँ ।
सुधारिएको प्रदर्शन गर्दै अन्तत डिभिजन थ्रीको उपाधि समेत जित्न सफल भयौ ।
यो जित सवै नेपालीको जित हो ।’ खड्काले अहिले पाएको सफलतालाइृ निरन्तरता
दिनत आगामी दिनमा अझै कडा मेहेनत गर्नु पर्ने वताउनुभयो । उहाँले सवै
खेलाडीको मेहेनत र राम्रो टिम वर्ककै कारण खेल जित्न सफल भएको वताउनुभयो ।
यसैवीच नेपाली
क्रिकेट टोलीको सम्ममानमा नगर परिक्रमा गराइएको छ । नेपाली क्रिकेट टोलीलाई
एयरपोर्टवाट सिधै गौशाला, रातोपुल, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक,
भृकुटीमण्डव, सहिद गेट हुँदै राष्ट्रिय खेलकुद परिषदमा पुर्याएर सम्मान
गरिएको हो ।
प्रत्येक खेलाडीलाई जनही साढे तीन लाख पुरस्कार
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदले
बुधवार नै एक समारोहका वीच राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई
जनही तीन लाख ५० हजार रुपैयाँ पुरस्कारले सम्मान गरेको छ । क्रिकेट
खेलाडीहरुलाई खेलकुद मन्त्री रामकुमार श्रेष्ठ र राखेपका सदस्य सचिव युवराज
लामाले सम्मान गर्नुभएको हो । नेपालले अब डिभिजन टुमा विजेताको हैसियतमा
उक्लिएको नेपाली क्रिकेट टोलीले सन् २०१५ मा हुने आइसीसी विश्व क्रिकेटका
लागि छनौट खेल खेल्नेछ । डिभिजन टुमा नेपाल र युगान्डासहित १० देशले
विश्वकप छनोटका लागि खेल्ने छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
काठमाडौँ - मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कपमा आयोजकलाई सात विकेटले पराजित गर्दै नेपाल समूह विजेता बन्दै उपाधिका लागि भिड्ने भएको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
१५२ बल बाँकी छँदै मलेसियालाई पराजित गरेसँगै नेपाल समूह बीको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। नेपाल र मलेसिया दुवै यो खेलअघि नै फाइनलमा पुगिसकेका थिए।
यसअघिको खेलमा ह्याट्रिक गरेर सनसनी मच्चाएका अविनाश कर्णले आजको खेलमा पनि ६ विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको मलेसिया २२.४ ओभरमै ६९ रनमा समेटिएको थियो।
भुवन कार्कीले दुई र यज्ञमान कुमाल तथा सुशान्त भारीले एक-एक विकेट लिए।
७० रनको लक्ष्यका साथ ब्याटिङमा उत्रिएको नेपाली टोलीका तर्फबाट हरिशंकर शाहले अविजित २८, विवत्सु थापाले १७, अमित श्रेष्ठले १० निश्चल पान्डेले ७ र निर्मल थापाले ३ रन बनाए।
फाइनलमा नेपालले युएई वा साउदी अरेबियासँग खेल्नेछ।
|
|
|
|
काठमाडौं- बर्मुडामा
विश्व क्रिकेट लिग डिभिजन ३ जितेर फर्किएको नेपाली टोलीलाई नगर परिक्रमा
गराइने भएको छ। आइतबार नेपालले युगान्डालाई फाइनलमा ५ विकेटले पराजित गर्दै
उपाधि जित्नुका साथै फाइनल पुगेसँगै विश्वकप छनोटमा स्थान पक्का गरेको
थियो। नेपाली टोली बुधबार बिहान ९ बजे काठमाडौं आइपुग्नेछ। प्रशिक्षक पुबुदु दासानायके भने बर्मुडाबाट क्यानाडा लागिसकेका छन्।
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बर्मुडामा सम्पन्न आइसिसी क्रिकेट लिग
डिभिजन-३ प्रतियोगिताको टिम च्याम्पियन भई डिभिजन-२ मा प्रवेश गर्न सफल
नेपाली क्रिकेट टिमका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई जनही तीन लाख ५०
हजार प्रदान गर्ने निर्णय गरेको छ ।
साथै राखेपले देशका विभिन्न स्थानमा रहेका प्रतिभावान खेलाडीको पहिचान गर्दै उनीहरूलाई उचित तालिम प्रदान गर्ने उद्देश्यले देशका सबै २ सय ४० वटै निर्वाचन क्षेत्रमा सेमी-कभर्डहल एवम् खेल मैदान निर्माण गर्ने निर्णय गरेको छ ।
राखेपको ९७ औँ बोर्ड बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राखेप सदस्य-सचिव युवराज लामाले सो निर्णय मन्त्रिपरिषद्को बैठकबाट पारित गराइने बताउनुभयो । विगत पाँच वर्षदेखि बर्सेनी सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको लामाले जानकारी दिनुभयो ।
राखेपले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ खेलकुदलाई प्रत्येक नागरिकको पहुँचमा पुर्याउँदै दक्ष जनशक्ति उत्पादन गर्न खेलकुद विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । सदस्य-सचिव लामाका अनुसार राखेपले आगामी आर्थिक वर्ष ०७०/७१ का लागि नेपाल सरकारसँग माग गरेको वाषिर्क कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
राखेपले आगामी आर्थिक वर्षका लागि उपभोग खर्चतर्फ रु ३३ करोड ४५ लाख ७९ हजार, कार्यक्रमतर्फ रु १९ करोड एक लाख ६८ हजार र पुँजीगततर्फ रु ४९ करोड ५८ लाख २६ हजार गरी रु एक अर्ब दुई करोड पाँच लाख सात हजार बजेट प्रस्ताव गरेको छ ।
युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बोर्ड बैठकले ‘राष्ट्रिय खेलकुद पदक’ प्रदान गर्ने निर्णय पनि गरेको छ । यो पदकको पुरस्कार राशि रु ५० हजार रहेको छ ।
लामाका अनुसार यो पुरस्कार प्रत्येक वर्ष महिला तथा पुरुष खेलाडीमध्येबाट आठ जनालाई, महिला तथा पुरुष कर्मचारीबाट दुई जनालाई, महिला तथा पुरुष प्रशिक्षकबाट दुई जनालाई र राष्ट्रिय खेल सङ्घबाट एक जनालाई प्रदान गरिनेछ ।
क्रिकेट खेललाई मध्यनजर गर्दै बैठकले २५ देखि ३० हजार दर्शक क्षमता भएको एक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने निर्णय गरेको त्यस अवसरमा जानकारी दिइयो । रासस
साथै राखेपले देशका विभिन्न स्थानमा रहेका प्रतिभावान खेलाडीको पहिचान गर्दै उनीहरूलाई उचित तालिम प्रदान गर्ने उद्देश्यले देशका सबै २ सय ४० वटै निर्वाचन क्षेत्रमा सेमी-कभर्डहल एवम् खेल मैदान निर्माण गर्ने निर्णय गरेको छ ।
राखेपको ९७ औँ बोर्ड बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राखेप सदस्य-सचिव युवराज लामाले सो निर्णय मन्त्रिपरिषद्को बैठकबाट पारित गराइने बताउनुभयो । विगत पाँच वर्षदेखि बर्सेनी सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको लामाले जानकारी दिनुभयो ।
राखेपले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ खेलकुदलाई प्रत्येक नागरिकको पहुँचमा पुर्याउँदै दक्ष जनशक्ति उत्पादन गर्न खेलकुद विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । सदस्य-सचिव लामाका अनुसार राखेपले आगामी आर्थिक वर्ष ०७०/७१ का लागि नेपाल सरकारसँग माग गरेको वाषिर्क कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
राखेपले आगामी आर्थिक वर्षका लागि उपभोग खर्चतर्फ रु ३३ करोड ४५ लाख ७९ हजार, कार्यक्रमतर्फ रु १९ करोड एक लाख ६८ हजार र पुँजीगततर्फ रु ४९ करोड ५८ लाख २६ हजार गरी रु एक अर्ब दुई करोड पाँच लाख सात हजार बजेट प्रस्ताव गरेको छ ।
युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बोर्ड बैठकले ‘राष्ट्रिय खेलकुद पदक’ प्रदान गर्ने निर्णय पनि गरेको छ । यो पदकको पुरस्कार राशि रु ५० हजार रहेको छ ।
लामाका अनुसार यो पुरस्कार प्रत्येक वर्ष महिला तथा पुरुष खेलाडीमध्येबाट आठ जनालाई, महिला तथा पुरुष कर्मचारीबाट दुई जनालाई, महिला तथा पुरुष प्रशिक्षकबाट दुई जनालाई र राष्ट्रिय खेल सङ्घबाट एक जनालाई प्रदान गरिनेछ ।
क्रिकेट खेललाई मध्यनजर गर्दै बैठकले २५ देखि ३० हजार दर्शक क्षमता भएको एक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने निर्णय गरेको त्यस अवसरमा जानकारी दिइयो । रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
२२ बैशाख, काठमाण्डौ । मलेसियामा जारी अन्डर १९ एलिट कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतवार क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा कतारलाई ९ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हात परेको हो । कतारले दिएको ९४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले १० दशमलब ५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
नेपालका लागि अमित श्रेष्ठले नट आउट ७० रनको योगदान दिए । यस्तै निश्चल पाण्डेले १२ तथा हरिशंकर शाहले ८ जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कतारले ३६ दशमलब ३ ओभरमा सवै विकेट गुमाउँदै मात्र ९३ रन जोडेको थियो । कतारका उजिर अहमदले सर्वाधिक २४ रन, मर्जि महोमद वेगले १६, सायद स्वफनले १४ तथा जहाँगिर इशानले १२ रनको जोडेका थिए । कतारका तीन ब्याट्स म्यान खाता नै नखोलि पेभिलियन फर्किएका थिए ।
नेपालका लागि अभिनाश कर्णले चार विकेट लिए भने शुसान्त भारीले २ तथा निश्चल पाण्डे र कप्तान भुवन कार्कीले समान एक-एक विकेट लिए ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
|
|
काठमाडौँ - भुवन कार्कीको सर्वाधिक ८३ रनसँगै मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कपको आजको खेलमा नेपालले बहराइनसामु २६० रनको विशाल लक्ष्य दिएको छ।
टस जिती पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २५९ रन बनाएको हो।
नेपालको विशाल लक्ष्यका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका भुवन कार्कीले तीन छक्का र आठ चौकासहित ६३ बलमा ८३ रन बनाएका थिए। त्यसैगरी विवत्सु थापाले ४४ रन जोडे।
सुरुवाती ब्याट्सम्यान निश्चल पाण्डेले १६ र अमित श्रेष्ठले २२ रन बनाए। हरिशंकर शाहले १०, निर्मल थापाले २५, पवन श्रेष्ठले १३ रन जोडे।
अहिले नेपालले फिल्डिङ गरिरहेको छ।
नेपालको यो तेस्रो खेल हो। यसअघि नेपालले कतारलाई नौ विकेटले र कुवेतलाई ८४ रनले पराजित गरिसकेको छ।
|
|
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
|
|
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
|
|
|
|
|
|
|
|
|
|
बैशाख २१ – आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।
१ सय ३३ रनको लक्ष्य कोलकाताले १७ दशमलव २ ओभरमा भेट्टायो ।कोलकाताको जितमा युसुफ पठानले नटआउट ४९, ज्याक्स कालिसले नटआउट ३३, मनविन्दर बिस्लाले २९ र गौतम गाम्भीरले १२ रनको योगदान गरे । पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर सय ३२ रन बनाएको थियो ।
राजस्थानका सन्जु सामसनले ४० र शेन वाट्सनले ३५ रन जोडे । कोलकाताका सचित्र सेनानायकेले २ विकेट लिए । जितपछि कोलकाता ११ खेलबाट ८ अंक सहित सातौं स्थानमा र राजस्थान १० खेलबाट १२ अंक सहित चौथो स्थानमा कायम छ ।
|
|
|
|
|
|
|
|
|
|
लण्डन । जति जति नेपालीहरुको विदेशिने
क्रम बढदो छ, त्यति नै नेपालीहरुको बिदेशमा स्थापित हुने क्रम पनि बढदो नै छ
। बेलायतमा नेपालीहरु सामाजिक, राजनीतिक, ब्यबसायिक रुपमा मात्र नभएर खेल
क्षेत्रमा पनि स्थापित हुने क्रमबढेको छ । हालै मात्र बेलायतस्थित
नेपालीहरुले बेलायतको दुइ प्रमुख नदीहरुको नाममा थेम्स ली युनाइटेड नामक
नेपाली फुटबल क्लब स्थापना गरेका छन् ।
नेपाल प्रहरीका पूर्व अधिकृत शिवजी
श्रेष्ठको अध्यक्षतामा स्थापित सो क्लबको उपाध्यक्षमा पवन खत्री, सचिबमा
गंगाबहादुर राना, सहसचिबमा रामसुन्दर शाह, कोषाध्यक्षमा कुल अर्याल,
वेलफेयर अफिसरमा नारायणबहादुर सापकोटा, सदस्यहरुमा रामप्रसाद मैनाली, कमल
राज खनाल, श्याम थापा, समिरनाथ खकुरेल, राजेन्द्र ओझा, तेजमाया सिग्देल,
कमल पौडेल, गोपीराम गुरुङ रहनुभएको छ ।
स्थानीय बेलायतीहरुको समेत संलग्नतामा टिम
समेत स्थापना भैसकेको यसक्लबले फुटबल खेलको प्रशिक्षणसमेत शुरु गरिसकेको छ
। बेलायतको लण्डनस्थित ह्यारोलाइ मुख्य केन्द्र बिन्दु बनाइ शुरु गरिएको
यस क्लबमा बेलायत भरिका नेपालीहरुको सहभागिता रहेको छ ।
हाललाइ स्थानीयस्तरमासहभागिता जनाई रहेको
यस क्लबले निकट भविष्यमा नेपालमा समेत आफ्नोसहभागिता जनाउने कार्यक्रम
रहेको कुरा यस क्लबका सचिब गंगाबहादुर रानालेबताउनुभयो ।
|
|
|
|
१६ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मेन
फ्रान्सको लिग वानको उपाधि नजिक पुगेको छ । सोमबार इभिएन टीजीविरुद्धको
खेलमा १-० को जित निकाल्ने क्रममा इङ्गल्याण्डका पूर्व कप्तान समेत रहेका
डेभिड वेकहृयाम रातो कार्ड खान पुगे ।
खेलको ८४ औं मिनेटमा मैदान प्रवेश गरेका
बेकहृयामले अतिरिक्त समयमा रातो कार्ड पाएका हुन् । यसअघि नै ८१ औं मिनेटमा
मार्को भर्राटीले रातो कार्ड पाएका कारण पेरिस सेन्ट जर्मेन १० खेलाडीमा
सिमित भएको थियो ।
खेल सकिएलगतै मैदानमा पेरिस सेन्ट जर्मेन र
इभीएनका खेलाडीहरु आपसमा भिडेका थिए । खेलाडीहरुलाई छुट्याउन हम्मेहम्मे
भएको थियो । त्यसक्रममा रेफ्रीले पेरिस सेन्ट जर्मेनका रक्षक साइरोग्यु र
इभीएनका किलिफालाई पनि रातो कार्ड दिए ।
जितपछि पेरिस सेन्ट जर्मेनको ३४ खेलबाट ७३
अंक भएको छ र लिग च्याम्पियन बन्न अब ४ खेलबाट ४ अंक मात्र चाहिएको छ । ३४
अंक जोडेको इभीएन भने रेलिगेशनबाट बच्न संघर्षरत छ ।
|
|
|
|
|
|
|
|
|
|
|
|
इण्डियन प्रिमियर
लिग क्रिकेट आइर्एपीलमा मंगलबार रोयल च्यालेन्जर्स बेङ्ग्लोरका क्रिस गेलले
रेकर्डको वर्षा गरेका छन् । उनले टी-२० क्रिकेटमा एकै इनिङमा अहिलेसम्मकै
सर्बाधिक रन मात्र बनाएनन्, कम बलमा शतक समेत बनाएका छन् ।
आईएपील
अन्तरगत मंगलबार भएको पुणे बारियर्सविरुद्ध खेलमा वेष्टइण्डिवका गेलले
अविजित १ ७५ रन बनाउँदै ५ वर्ष पुरानो ब्राण्डन म्याकुलमको सर्वाधिक रनको
रेकर्ड तोडेका हुन् । गेलले ६६ बलमा १७ छक्का र १३ चौकाको मदतमा १ सय ७५ रन
बनाएका हुन् । सन् २००८ मा कोलकत्ता नाइट राइडर्सबाट खेलेका म्याकुलमले
अविजित १ सय ५८ रन बनाएका थिए ।
निकै आक्रमक व्याटिङ गरेका गेलले मात्र ३०
बलमा शतक पूरा गर्दै छिटो १ सय रनको कीर्तिमान समेत बनाएका छन् । यसअघि
रिचार्य लेभीले सन् २०१२ मा ४५ बलमा शतक पूरा गरेका थिए । गेलले १७ छक्का
हान्दै एकै इनिङमा सर्वाधिक छक्काको रेकर्ड पनि आफ्नो नाममा लेखाए ।
गेलको उत्कृष्ट प्रदर्शनसँगै बेङ्गोरले २०
ओभरमा ५ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको छ । यो आईपीएलमा कुनै पनि
टिमको सर्वाधिक रन हो । यसअघि २०१० मा चेन्नई सुपर किङ्ग्सले राजस्थान
रोयल्सविरुद्ध ५ विकेटको क्षतिमा २ सय ४६ रन बनाएको थियो ।
जवाफमा मैदान उत्रिएको पुणेले ९ विकेटको क्षतिमा १ सय ३३ रन बनायो र बेङ्गोर १ सय ३० रनले विजयी भएको छ ।
|
|
Movie Review
Facebook मा हामीलाई यहाँ Like गर्नुहोस् !
Recent Video Entries
Recent Updates
Recomment to Your Friends
Current Views
Copyright © 2012. www.hamrokollywood.com. All rights reserved.
























