Your are browsing : मनोरञ्जन
भिडियोको लागी तल क्लिक गर्नुहोला
महिलाहरुको वास्तविक अवस्था उनीहरुले
अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा
भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न
सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले
कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा
परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले
ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि
रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना
कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता
हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ ।
अध्ययनले सुझाव दिन्छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । ति पाँच
कुरा के के हुन् त ?
१. हैन सबै ठिक छ धेरै युवती वा
महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् ।
उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले
चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव
झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।
२. तिमी जस्तो छौँ त्यहिलाई म माया
गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ
त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो
सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन्
त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका अभिव्यक्ति महिलाबाट आउने गर्छ ।
३. मलाई यसमा मतलब छैन आफुसँग निकट
रहेको युवक वा पुरुष अर्कै केटीसँग गफगाफ गरिरहेको हुन्छ वा लसपस गरिरहेको
हुन्छ भने त्यो जस्तो जलन महिलालाई अरु हुँदैन । आफ्नो प्रेमि अर्कै
केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य महिलासँग जिस्किएको देख्दा ती युवति र
महिलालाई सबैभन्दा बढी पिडा हुने गर्दछ । तर पनि त्यो पिडा लुकाउँदै
उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई मतलब छैन भन्दै परिस्थिति पन्छाउन
खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको
कुन कुरा मन पर्छ ? उनलाई त्यस्तो हट देखिने केले बनाएको हो ? तिमीलाई उनी
मन पर्छिन ? भन्ने खालका सामान्य प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने
प्रयास गर्छन र भन्छन पनि यसमा मलाई कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा
मन पर्छ भन्दै रहस्य खोतल्ने प्रयास गरेका हुन्छन् । तिमी जोसँग जिस्केको
भएपनि मलाई यसमा मतलब छैन, मलाई विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै
आफ्नो विश्वासको पर्खाल झन् फराकिलो बनाउने चेष्टा गर्छन तर वास्तवमा
उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।
४. तिम्रा साथीहरु कुल छन् यो सधैँ
ढाँटको अवस्था नहुन सक्छ । कल्पना गर्नुस त, तपाई आफ्नो प्रेमिकासँगै केहि
साथीहरुसँग घुम्न जानुभएको छ । साथीहरुसँग जाँदा आफ्नीलाई मात्रै ध्यान
दिने कुरा पनि भएन । सबैसँग रमाइलो अनुभव साटासाट गर्नु परिहाल्छ । र उनलाई
सोध्नुस्, तिमी रमाइलो त मानिरहेकि छौँ ? ती युवतिको उत्तर हुनेछ, ‘अवश्य
तिम्रा साथीहरु कति कुल छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको
साथीहरुको बारेमा नराम्रो भनेर वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई
हर्ट गर्न उनीहरु चाहदैनन् ।
५. भन न भन, म रिसाउदिन के ! यो
ढाँट मात्रै नभएर महिलाको बाठोपन पनि हो । उनीहरु यो कुरा गरेर तपाईलाई
खाडलमा मात्र पार्न खोजिरहेका हुँदैनन् अर्को खाडल पनि तयार पारिरहेका
हुन्छन् । पुरुष फकाउने कला महिलासँग सयौं हुन्छन्, यो कलामार्फत उनीहरु
तपाईको इमान्दारिता नाप्न पनि खोजिरहेका हुन्छन् । तर तपाई पुरुषहरु
होसियार हुनुहोला! तपाईको रहस्योदघाटनले तपाईलाई नै खाडलमा पार्न सक्छ । यो
अवस्था विशेषगरि उनीहरुले लगाउने कपडा, उनीहरुले पकाउने खाना, उनीहरुको
हिँडाई तरिका, बोल्ने तरिका अनि तपाईको निम्ति उनीहरुले किनिदिएको केहि
नयाँ कपडाबारे टिप्पणी हुनेछ । उनीहरुको व्यवहारबारे तपाईलाई उनीहरुको
प्रश्न हुनेछ, भन न कस्ती देखिएकि छुँ, यो कस्तो छ, जे जस्तो भनेपनि म
रिसाउँदिन के ! तपाईले वास्तविक कुरा गरेपनि नगरेपनि महिलाहरु यसलाई सहज
पत्याउँदैनन र कुनै अवस्थामा उनीहरु तपाईसँग महिनौ राम्रोसँग नबोल्न सक्छन्
। एउटी टाइट जिन्स पाइन्ट लगाएकि श्रीमतिलाई तपाईले कस्सिएको सिरानी जस्तै
भनिदिनुभयो भने त झन् तपाईलाई बेलुका खाना पनि नपाक्न सक्छ । होसियार
हुनुहोला !
भिडियोको लागी तल क्लिक गर्नुहोला
भिडियोको लागी तल क्लिक गर्नुहोला
हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो ।
“गधा … गोबे्र कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी ! के मुख देखाउन आएको यो बूढो बाउलाई ?”
“तपाईंलाई सन्चो छैन बा, आराम गर्नुभए हुन्थ्यो नि !” उसले स्वास्नीतिर हेर्दै भन्यो । स्वास्नीको अनुहार निर्विकार थियो- तटस्थ अर्थात् स्वास्नीको मनस्थिति पनि लोग्नेपक्षतिर होइन ससुरापक्षतिर नै थियो अर्थात् तटस्थताको एउटा किनार हुन्छ नै ।
“भुत्रो आराम गर्नु… आराम गर्नु रे ! हेर् लोकप्रसादको छोरालाई, खरदार भएर बिल्डिङ ठोकिसक्यो । हेर् गोलु विष्टको छोरालाई, घरका सम्पूर्ण आइमाईका नाककान, नारीगला पहेँलपुर पारिसक्यो । हेर् वीरमानको भाइलाई, मोटरसाइकल कुदाएर हिँड्छ । पद्यराजको नातिलाई, सुब्बा पनि छैन यता गाउँमा मिल ठड्याइसक्यो, उता काठमाडौँमा लाख रुपियाँको घरेडी किनिसक्यो । त्यै शुक्रनाथकी साइँलीलाई हेन् न, जाबो नर्स त हो कि राजमार्गछेउ पाँगेको घडेरी किनेर दोकान ठड्याइसकी…. । तैँले के गरिस् ? हँ, तैँले… तँ छुसीलाई त त्यै तलब पनि नपच्ने भो, अघाएर कत्रो डकार मारेको ।”
वरिपरि छरछिमेकीहरुको आकस्मिक उन्नतिले गर्दा बूढाबाको मानसिक सन्तुलन बिग्रन आँटेको छ । तीस वर्ष शिक्षक पेसामा घोटिएर अभाव र अपमानको घामपानी सहेर, घूसको नाउँमा घर जस्तो “घ” पनि सुन्न नचाहेर बल्लतल्ल छोरालाई अफिसर बनाएका थिए । सबै बाउले झैँ भविष्यको रङ्गीन सपना उनले पनि देखेकै थिए । त्यै भविष्यको रङ्गीन सपनालाई अफिसर छोराले धमिल्याउँदै थियो । उनले सोचेको थिए- मैले त दुक्ख पाएँपाएँ, मेरो छोरो र नातिनातिनाहरु सुख पाऊन् तर यो लठुवा त घूसै खान्नँ भन्छ !”
“तैँले घूस नखाएर के भो… देश कुन उन्नतिको शिखरमा पुग्यो र ? तँलाई कम्ता दुक्ख गरेर पढाएको हो र ? म स्कुलमा घोटिन्थेँ, तेरी आमा ठूलाबडाको चाकडीमा घरघर पुग्थी । अब यो बुढेसकालमा हाम्रो दशा देखेर तँलाई त्यो जाबो घूस खाने पनि आँट आएन लाछी ? आफ्नै दुलैको मुख हेर् न, कस्तो ओइलाएको जस्तो छ । हे प्रभु ! के दशा आइलागेको हो यो …”
अफिसमा घूस नखाँदा अमिलिएको थियो भने यहाँ आएर मनसमेत अमिलियो । जति पटक घर आयो सदैव यही लाञ्छना सुन्नुपथ्र्यो उसले । अतः आज साहसपूर्वक उसले धेरै दिनदेखि आफ्नो मनमा लागेको कुरा बासित सोध्ने अठोट गर्यो ।
“बा, म एउटा कुरा सोध्छु नरिसाउनुहोला, तपाईंले यत्रा वर्ष स्कुलमा हाड घोट्नुभो तर घूस खानुभएन । स्कुलनिर्माणमा, विद्यार्थीहरुलाई टेस्ट पास गराउँदा, स्कुलका सरसामान किन्दा, किन घूस खानुभएन ? किन हिनामिना गर्नुभएन ? कि विद्यार्थीहरुलाई रातरातभरि फ्री ट्युसन पढाउनुभो ? किन ? भन्नुस् किन ? गाउँको भविष्यका लागि, कि देशको भविष्यका लागि, कि मेरो भविष्यका लागि, कि आफ्नो भविष्यका लागि ?”
आदर्शको भावना उम्लिएर झण्डै आँखामा नआएको बूढा शिक्षक यस अप्रत्याशित प्रश्नले एक्कासि झस्किएर निरुत्तर भए । हतप्रभ भए । अनि आफ्नो यस अनौठो अफिसरतिर हेर्न थाले ।
उनका अनेकौँ शिष्यहरु अफिसर भइसकेका थिए । तिनीहरुलाई उनी सदैव इमानदारी र सदाचारको उपदेश दिन्थे र सन्तुष्ट हुन्थे । उनको आफ्नै जीवन पनि एउटा उज्ज्वल उदाहरण थियो । शिष्य अफिसरहरु उनीसित आँखा जुधाउन सक्तैनथे । मुन्टो निहुर्याएर विनम्रतापूर्वक गुरुको उपदेश सुनिराख्थे ।
उनी सात दिनसम्म निरुत्तर नै रहे । क्रमशः अन्यमनस्क हुँदै गए । भोक र निद्रा दुवै हराउँदै गयो । अफिसर छोराले सोच्यो, अब बल्ल बाको चित्त बुझ्यो । फतफत र गनगन बन्द भयो । अतः ऊ छैटौँ दिन आफ्नो छुट्टी सकेर सपरिवार काठमाडौँ हिँड्यो ।
आठौँ दिनका दिन बूढा शिक्षक मुखर भए । आँगनमा आएर चिच्च्याए- “मेरो छोरो घुस खाँदैन, बुझिस् प्यारी बुढी !” बूढीलाई फर्सीको मुन्टा केलाउन लागेको देखेर व्यङ्ग्यपूर्वक हाँस्तै उनी बाहिर आए । जिङ्गि्रङ्ग कपाल, राता आँखा, मैले लुगा, गाउँको आडमा पृथ्वीराजमार्ग लम्पसार परेको थियो । त्यहाँ चियापसलनेर एउटा बस अडिएको देखेर हानिँदै आए र एउटा सुटबुट लगाएको यात्रीलाई हात हल्लाईहल्लाई भन्न थाले- “बुझ्नुभो मेरो छोराले घूस खाँदैन । कहिल्यै खाँदैन । धरोधर्म खाँदैन । मेरो छोरो… तपाईंले चिन्नुभएको होला… हरिकृष्ण, अग्लो, गहुँगोरो छ, नाकनेर कोठी पनि विचार गर्नुहोला… कहिल्यै घूस खाँदैन…”
चियापसलनेरको राणाकालीन परिचित वरपीपलको चौतारी र त्यो अपरिचित यात्री दुवै वाल्ल पर्छन् । उनी भने अन्य यात्रीहरुलाई पनि सोही कुरा बुझाउँदै छन्- “गहुगोरो, अग्लो… नाकनेर कोठी, विचार गर्नुहोला… हरिकृष्ण, कहिल्यै घूस खाँदैन… बुझ्नुभो, मेरो छोरा घूस खाँदैन !”
सम्पूर्ण बस वाल्ल परेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
भिडियोको लागी तल क्लिक गर्नुहोला
फेसबुक पछिल्लो समयमा मानिसको जिवनशैली नै
बनेको छ भन्दा फरक नपर्ला । नयाँ पुस्ता एक किसिमले फेसबुक जस्तो सामाजिक
संजालको अम्मली नै बन्दै गएको छ । विज्ञहरुले फेसबुकका कारण युवाहरु
मनोरोगी बन्दै गएको बताएका छन् । इजरायली शोधकर्ताहरुले फेसबुकका कारण
युवापुस्तामा मनोरोग बढ्दै गएको बताएका हुन् ।
तेलअबिब विश्वविद्यालयका शोधकर्ताका
अनुसार फेसबुकमा बन्ने भर्चुअल रिलेसनसिपले इन्टरनेटको कुलतमा
युवायुवतीहरुलाई फसाइरहेको छ र ठूलो भ्रम सिर्जना समेत गरिदिने गरेको छ ।
शोधकर्ता डाक्टर उरी नित्जानका अनुसार फेसबुकको अधिक प्रयोग र युवाहरुको
मनोवैज्ञानिक समस्याका बीचमा दहि्रलो सम्बन्ध बन्दै गएको छ । फेसबुक जस्ता
सोसल साइटमार्फत प्रेम सम्बन्ध गाँसिने तथा सम्बन्ध टुट्ने जस्ता घटनाहरुका
कारण उनीहरुमा एक्लोपना, तनाव जस्ता समस्या देखिन्छन् जसले कालान्तरमा
मनोरोग सिर्जना गर्छ ।
शोधकर्ताहरुका अनुसार १८ देखि ३४ वर्ष
उमेरका ४८ प्रतिशत युवायुवतीले निद्राबाट जाग्ने बित्तिकै चाहे मध्यरात नै
किन नहोस् मोबाइलमै भएपनि आफ्नो फेसबुक लगइन गरिहाल्छन् । यसरी तन्द्रामै
फेसबुक चलाउनेमध्ये २८ प्रतिशतले ओछ्यानमा सुतेरै फेसबुक खोलेका हुन्छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
बलिउडमा पोर्न स्टारहरुको आगमन हुने क्रम रोकिएको छैन । सन्नी लियोनीले आफ्नो स्थान सुरक्षित गर्न अझै पनि संघर्ष गरिरहेकी छिन् । अब सन्नीलाई चुनौती दिदै अर्की एक पोर्न स्टार बलिउडमा आउँदैछिन् । प्रिया अंजली राय नाम गरेकी यि पोर्न स्टार भारतिय मुलकी हुन् ।भिडियोको लागी तल क्लिक गर्नुहोला >>>