काठमाडौं - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आगामी आर्थिक वर्षको बजेट कनिका छर्ने परम्पराबाट मुक्त हुने बताएका छन्। 'बजेट कनिका छर्ने परम्पराबाट मुक्त हुनेछ,' अर्थ मन्त्रालयमा योजना आयोगका अधिकारी सहभागी छलफलमा उनले भने, 'बजेटले ऊर्जा, कृषि, सडक र सिँचाइलाई प्राथमिकतामा राख्नेछ।'
उनले बजेटमा क्रान्तिकारी कार्यक्रमहरु पेस नहुने बताउँदै बीचको बाटो लिने जानकारी दिए। 'आगामी वर्षको बजेटले न क्रान्तिकारी, न निराशाजनक बरु बीचको बाटो लिनेछ,' अर्थमन्त्री कोइरालाले भने। स्थानीय निकायमा जाने बजेटमा हुने गरेको अनियमितता रोक्न छुट्टै संयन्त्र आवश्यक भएको जनाउँदै उनले महŒवपूर्ण योजना सम्पन्न गर्नुअघि सरोकारवाला निकायका प्रमुखबीच सम्झौता गराएर उत्तरदायी बनाउनुपर्ने बताए।
अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले गलत ठाउँमा दुरुपयोग भएको राज्यकोष सदुपयोग गर्ने उपयुक्त समय भएकाले त्यसको भरपुर उपयोग गर्न आग्रह गरे। उनले मुलुकमा वित्तीय अपराध मौलाएको बताउँदै यस वर्षको बजेटलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सुझाव दिए।
व्यापारमुखी घाटा कम गर्न कृषिमा लगानीको विकल्प नभएको नेपालको भनाई थियो। बजेट महाशाखाका प्रमुख लोकदर्शन रेग्मीले पुरानै ढर्रामा बजेट ल्याउने परम्पराको अन्त्य नभएसम्म सुधार आउन नसक्ने स्पष्ट पारे।
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
नागरिकता वितरणका लागि सञ्चालित घुम्ती शिविरबाट भारतीयले किर्ते कागजात
पेस गरी धमाधम नागरिकता लिइरहेको फेला पारेपछि गृहमन्त्रालयले तत्काल
रोक्न प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउँदै लिखित निर्देशन दिएको छ ।
सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेलचेक्र्याईका कारण विदेशीले नेपाली नागरिकता लिन सफल भएका छन् ।
वंशजका आधारमा नागरिकता लिन भारतीयहरुले आर्थिक प्रलोभनसमेत दिने गरेका छन् । ‘हिजो नै लिखित निर्देशन दिएका छौं,’ गृह सचिव नवीनकुमार घिमिरेले सोमबार भने, ‘किर्ते नागरिकता बनाउन कर्मचारीको संलग्नता भेटिए कारबाही हुन्छ ।’ नागरिक दैनिकमा खबर छ ।
सप्तरीको पश्चिम दक्षिण सीमावती पातो गाविसमा सञ्चालित घुम्ती शिविरमा किर्ते विवरण पेस गरी नागरिकता लिन लागेका भारतीय नागरिक मोहब्बत अख्तरलाई प्रहरीले पक्राउ गरेको थियो ।
सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेलचेक्र्याईका कारण विदेशीले नेपाली नागरिकता लिन सफल भएका छन् ।वंशजका आधारमा नागरिकता लिन भारतीयहरुले आर्थिक प्रलोभनसमेत दिने गरेका छन् । ‘हिजो नै लिखित निर्देशन दिएका छौं,’ गृह सचिव नवीनकुमार घिमिरेले सोमबार भने, ‘किर्ते नागरिकता बनाउन कर्मचारीको संलग्नता भेटिए कारबाही हुन्छ ।’ नागरिक दैनिकमा खबर छ ।
सप्तरीको पश्चिम दक्षिण सीमावती पातो गाविसमा सञ्चालित घुम्ती शिविरमा किर्ते विवरण पेस गरी नागरिकता लिन लागेका भारतीय नागरिक मोहब्बत अख्तरलाई प्रहरीले पक्राउ गरेको थियो ।
|
|
|
|
|
|
काठमाडौं – मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एकीकृत माओवादीलाई लिङ्ग नछुट्टिएको पार्टीको संज्ञा दिएका छन्। सदभावनाका पूर्व उपाध्यक्ष भरतबिमल यादवलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष यादवले हेटौडा महाधिवेसनपछि एमाओवादीको लिङ्ग छुट्याउन अप्ठ्यारो भएको उल्लेख गरे।
'हेटौंडा महाधिवेसनपछि एमाओवादी न लोकतान्त्रिक पार्टीमा रुपान्तरण हुन सक्यो, न त कम्युनिष्ट पार्टी नै भएको भनेर देखाउन सक्यो' यादवले भने, 'अब उसको लिङ्ग के हो? पत्ता लगाउनै गार्हो भइसक्यो।' एमाओवादीले संघीयता पक्षधर पार्टी भएको भनेर गरिएको प्रचारवाजीलाई ढोंगको संज्ञा दिएका छन्।
'माओवादीसहित संलग्न रहेको १२ बुदेँ सहमति, असार २ को सात बुदेँ सहमति, अन्तरिम संबिधानमा खै त संघीयता लेखिएको?, अरु दलले संघीयता स्वीकार नगरेपछि मधेसमा जनविद्रोह भएको हो' अध्यक्ष यादवले भने, 'नयाँ जोगीले खरानी बढी नै घस्छ झै गरी अहिले एमाओवादी आफूलाई अब्बल संघीयता पक्षधर भने प्रचारवाजीमा लागे पनि तथ्य र इतिहासले झुटो साबित गराइसकेको छ।' संविधानका अन्तर्वस्तुमा पूर्व सहमति नगरी संविधानसभा निर्वाचनमा गएर पनि निकास ननिस्कने उनले बताए।
जनआन्दोलन–२ मा सक्रिय नेतृत्व गरेका मधेसी नेता भरत बिमल सोमवारबाट औपचारिक रुपमा फोरम नेपालमा प्रवेश गरेका छन्। जनआन्दोलन पछि निस्क्रिय रहेका यादवले मुलुक प्रतिगमनतर्फ उन्मुख हुँदै गएपछि सक्रिय राजनीतिमा आएको बताए। अध्यक्ष यादवले बिमललाई अबिर, माला लगाएर पार्टीमा प्रवेश गराएका छन्।
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
|
|
रोल्पा,
३० बैशाख । जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत लेखापाल पदमप्रसाद
शाहीले होटेल सञ्चालिका रमिता घर्तीलाई यौनजन्य आपत्तिजनक क्रियाकलाप गरेको
भन्दै स्थानीय होटेल व्यवसायी संघले कारबाहीको माग गरेको छ ।संघले सोमबार लिवाङ्गमा पत्रकार सम्मेलन गरेर लेखापाल शाहीको गलत क्रियाकलापको विरोध गर्दै कारबाहीको माग गरेको हो ।
‘म जनताको सेवक हु,’ लेखापाल शाहीलाई उदृत गर्दै रमिताले भनिन्, ‘जे गरे पनि सबैले सहनु पर्छ भन्दै मलाई हातपात र यौन दुव्र्यवहार गरे ।’ मदिराले मस्त माते पछि लेखापाल शाहीले रमितालाई यौन दुव्र्यबहार गरेको संघको आरोप छ ।
रमिताले सदरमुकाम लिवाङ्गमा नास्ताको होटल व्यवसाय गर्दै आएकी छन् । शाही पनि विगत दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत छन् ।
‘मेरो श्रीमान तथा ससुरा बा सँगै हुनुहुन्थ्यो,’ रमिताले भनिन्, ‘साँझ लोडसेडिङ भएका बेलामा मैनबत्ती निभाएर लेखापालले मलाई समाते । गुप्ताङ्गमा पनि समाते ।’
‘लेखापालले मेरो सुरुवाल तानिदिए,’ उनले भनिन्, ‘मैले नगर्नुस् सर भन्दा मानेन्, म प्रशासनमा काम गर्ने मान्छे । मैले जे गरे पनि हुन्छ ।’ लेखापाल शाहीले रमितालाई जबर्जस्ती यौनदुव्र्यबहार गरे लगत्तै कसैलाई नभन्न धम्की दिएको पीडितको भनाई छ ।
लेखापाल शाहीले यस अघि पनि पटक/पटक मदिरा सेवन गरेर श्रीमानकै अगाडि यौनदुव्र्यवहार गर्ने गरेको आरोप रमिताको छ ।
लेखापाल शाहीले मादक पदार्थ सेवन गरेर आइतवार साँझ पनि आफूले खाना खाँदै आएको चतुर्भुज होटलकी मालिक्नीलाई पनि यौनदुव्र्यवहार गरेका थिए ।
संघका अध्यक्ष हरिबहादुर घर्तीले घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरे । ‘यौन दुव्र्यबहार गर्ने लेखापाल शाहीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्छौं,’ उनले भने ।
लेखापाल शाहीलाई स्थानीय होटल व्यवसायीले लगाएको आरोपका सम्बन्धमा रोल्पा प्रशासनले केही प्रतिकृया दिएको छैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
|
|
३० वैशाख, काठमाडौं । कान्तिपुर दैनिकमा सम्पादक सुधीर शर्मा, प्रकाशक कैलास सिरोहिया र पत्रकार विजयकुमारविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा परेको छ । शनिबार कान्तिपुरमा छापिएको विजयकुमारको लेखले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता अञ्जनकुमार पोखरेलले सोमबार दिउासो मुद्दा दर्ता गरेका हुन् । विजयकुमारको लेखको अंश प्राध्यापक कृष्ण खनालझैं मैले पनि कहिल्यै सोचेको थिइनँ, कुनै पदाधिकारी विशेषको नियुक्ति प्रसंग मेरो प्रस्तुतिको विषयवस्तु बन्ला भनेर । लोकमानसिंह कार्कीप्रति मेरा व्यक्तिगत सम्झनाहरू अत्यन्तै सीमित छन् । तर पनि म उहाँलाई राष्ट्रपति यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गरेको समाचार थाहा पाएर अचम्भित भएँ । १) राष्ट्रपति रामवरण यादव वैशाख २४ गते साँझसम्म पनि विवादको शिखरमा रहेको लोकमानसिंह नियुक्ति प्रकरणमा आफूले हतारमा निर्णय नलिने बताउँदै थिए । विषयको संवेदनशीलता र गाम्भीर्यसित आफू पूरा परिचित रहेको दाबी गर्दै थिए । तर त्यसै दिन मध्यरात पुग्दासम्म घटनाक्रम यति विकसित भएछन् कि बिहान ५ बज्दा-नबज्दै राष्ट्रपति कार्यालयका कर्मचारीहरूलाई शपथ ग्रहणको तयारी गर्ने उर्दी जारी भयो । रातोरात के भयो ? भनी सोध्दा राष्ट्रपतिका एक सहायकले भने, ‘नेताहरूले झैं राष्ट्रपतिले पनि बाध्यात्मक दबाब थाम्न सक्नु भएन जस्तो छ । टाकुरामा बस्दैमा मानिस अग्लो नहुने रहेछ । हामी सबै गिनिपिगहरू भएको समाजमा एउटा मानिस मात्र अग्लो कसरी रहन सक्छ र ?’ २) संविधानका सम्बन्धमा भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको कालजयी वचन छ, ‘संविधानका अक्षरहरू आफैंमा मृत हुन्छन् । हाम्रो आफ्नो नैतिकता, साहस, आचरण, निष्ठा र कार्यकुशलताका आधारबाट मात्र ती अक्षरले जीवन प्राप्त गर्दछन् ।’ हाम्रा नेताहरूका निम्ति संविधान भन्ने कुरा फगत शब्दको विषय हो, जीवन आचरणको होइ
३० वैशाख,
काठमाडौं । कान्तिपुर दैनिकमा सम्पादक सुधीर शर्मा, प्रकाशक कैलास
सिरोहिया र पत्रकार विजयकुमारविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा
परेको छ ।
शनिबार कान्तिपुरमा छापिएको विजयकुमारको
लेखले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता अञ्जनकुमार पोखरेलले सोमबार
दिउासो मुद्दा दर्ता गरेका हुन् ।
विजयकुमारको लेखको अंश
प्राध्यापक कृष्ण खनालझैं मैले पनि
कहिल्यै सोचेको थिइनँ, कुनै पदाधिकारी विशेषको नियुक्ति प्रसंग मेरो
प्रस्तुतिको विषयवस्तु बन्ला भनेर । लोकमानसिंह कार्कीप्रति मेरा व्यक्तिगत
सम्झनाहरू अत्यन्तै सीमित छन् । तर पनि म उहाँलाई राष्ट्रपति यादवले
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गरेको समाचार
थाहा पाएर अचम्भित भएँ ।
१) राष्ट्रपति रामवरण यादव वैशाख २४ गते
साँझसम्म पनि विवादको शिखरमा रहेको लोकमानसिंह नियुक्ति प्रकरणमा आफूले
हतारमा निर्णय नलिने बताउँदै थिए । विषयको संवेदनशीलता र गाम्भीर्यसित आफू
पूरा परिचित रहेको दाबी गर्दै थिए । तर त्यसै दिन मध्यरात पुग्दासम्म
घटनाक्रम यति विकसित भएछन् कि बिहान ५ बज्दा-नबज्दै राष्ट्रपति कार्यालयका
कर्मचारीहरूलाई शपथ ग्रहणको तयारी गर्ने उर्दी जारी भयो । रातोरात के भयो ?
भनी सोध्दा राष्ट्रपतिका एक सहायकले भने, ‘नेताहरूले झैं राष्ट्रपतिले पनि
बाध्यात्मक दबाब थाम्न सक्नु भएन जस्तो छ । टाकुरामा बस्दैमा मानिस अग्लो
नहुने रहेछ । हामी सबै गिनिपिगहरू भएको समाजमा एउटा मानिस मात्र अग्लो कसरी
रहन सक्छ र ?’
२) संविधानका सम्बन्धमा भारतका प्रथम
राष्ट्रपति डा. राजेन्द्र प्रसादको कालजयी वचन छ, ‘संविधानका अक्षरहरू
आफैंमा मृत हुन्छन् । हाम्रो आफ्नो नैतिकता, साहस, आचरण, निष्ठा र
कार्यकुशलताका आधारबाट मात्र ती अक्षरले जीवन प्राप्त गर्दछन् ।’
हाम्रा नेताहरूका निम्ति संविधान भन्ने
कुरा फगत शब्दको विषय हो, जीवन आचरणको होइन । सबैलाई थाहा छ, बहुदलीय
नेपालमा रोपिएको कर्मचारीतन्त्रको राजनीतीकरणको विषवृक्ष आज कति बाक्लो गरी
झांगिएको छ । अब संवैधानिक निकायहरूको नियुक्तिहरूमा पनि राजनीतिक
भागबन्डाको त्यो विषवृक्षले आपmना हाँगाबिंगा फैलायो भने भने त्यसमा केको
आश्चर्य ?
जनताले बडो गहिरोसित बुझ्न जरुरी छ,
नेपालका शीर्षनेताहरूका निम्ति संविधान शब्दको विषय हो, जीवनको होइन । होइन
भने नेताहरूलाई बोध हुनुपर्ने थियो- कुनै पनि संविधानलाई निर्विवाद रूपले
सर्वोच्च बनाउन, संवैधानिक पदाधिकारीहरू पनि विवादरहित पृष्ठभूमिबाट चयन
गर्न अनिवार्य हुन्छ । ‘विवाद’ भन्ने कुरा राजनीति र राजनीतिकर्मीहरूका
विषयमा ‘सामान्य’ मानिन सक्छ । तर संविधान र संवैधानिक नियुक्तिका विषयमा
‘यति चर्को विवाद’ हुनु लज्जास्पद विषय हो ।
३) यति तिक्त विवादपछि संवेदनशील कुर्सीमा
पुगेका लोकमानजीले आपmनो संस्थासँग भएका अधिकारको आगामी दिनमा कसरी प्रयोग
गर्नेछन् ? हेर्न बाँकी छ । कुनै पनि योग्य मानिसका निम्ति पद वा अधिकार
भन्ने कुरा फगत एक जिम्मेवारीमात्र हो, तर अयोग्यका निम्ति भने त्यही कुरा
फुर्तीफार्ती, धाक, रवाफ र त्रासको औजारबाहेक केही पनि हुँदैन । पदले
मानिसलाई प्रचार दिन सक्छ, पहिचान दिन सक्दैन ।
४) एउटा पदको सीमित घेराका विषयमा भएको
विवादभन्दा माथि उठेर हेर्ने हो भने लोकमानजीले नेपाली समाजलाई तिरिनसक्नु
गुन लगाएका छन् । उनका कारण शीर्ष भनिएका नेताहरूको ‘बाध्यकारी औकात’
गल्ली-गल्लीमा छताछुल्ल भएको छ । झगडियालाई घरमा बोलाएर राति-राति ‘चियर्स’
गरेर नेपालको न्यायिक नेतृत्वले आफूलाई ‘..लाई भन्दा देख्नेलाई लाज’ को
स्थानमा उभ्याइदिएको छ ।
सुन्दा वर्तमान पिढीलाई विश्वास पनि
नलाग्ला ‘अधिनायकवादी पञ्चायती व्यवस्था’ अन्तर्गत यही देशको अदालतमा यस्ता
पनि प्रधानन्यायाधीश र न्यायाधीशहरू थिए, जसले त्यसबेला संविधानभन्दा पनि
माथि रहेको दरबारको दबाबविपरीत अनेक आदेश दिए । त्यस्ता अनेक न्यायमूर्ति
थिए र पो यो देशमा जनताको पक्षमा काम गर्ने वा बोल्ने पुस्ता निस्सासिएर
मर्नु परेन । नेताहरूले सत्तोसराप गर्ने राजा ज्ञानेन्द्रको शाहीकालमा पनि
नैतिकवान न्यायमूर्तिहरूले न्यायको आवाजलाई दबाब वा लोभसित साटेका भए
दोस्रो जनआन्दोलनको बिरुवा पनि हुर्कनु अगाडि नै सुकिसक्ने थियो । आज यही
देशमा मानिस भन्न थालेका छन्, ‘अब मुद्दा जित्न वकिल होइन, न्यायाधीश
राख्नुपर्छ । वकिल राखे भन्न सकिन्न, न्यायाधीश राखे काम पक्का ।’
मैले आफ्नै जीवनकालमा विश्वनाथ
उपाध्यायजस्ता न्यायाधीश देखेँ। उहाँजस्तो महापुरुषसँग सत्संगको सौभाग्य
मिल्यो । विश्वनाथजीजस्ता अनेक ज्ञात-अज्ञात न्यायाधीशहरू न्यायमूर्तिको
कुर्सीमा बसेपछि उनीहरूले न्यायबाहेक केही देख्दैनथे । सुन्दछु, आजभोलि
केही न्यायाधीशहरू बुट्टा भएको र बुट्टा नभएको टीसर्टबाहेक केही देख्दैनन् ।
मलाई हमेसा गर्व हुनेछ, मैले गणेशराज
शर्माजस्ता सादगी, ज्ञान र महानताका जीवन्त मूर्तिसँग समय बिताउने अवसर
पाएँ । उहाँले इसारामात्र गरेको भए २०४७ पछि संविधान आयोगको अध्यक्ष पद
राजा वीरेन्द्र र किसुनजीले मिलेर गणेशराजजीको ढोकासम्म पुर्याइदिने थिए ।
खोजेको भए, सर्वोच्च अदालतमा कुनै कुर्सी यस्तो बँाकी हुने थिएन, जसमा
गणेशराज शर्मा विराजमान हुन नसकुन् । संवैधानिक सवालहरूमा लोभलाग्दो
निरन्तरता र पदप्रति अनाशक्तिले गर्दा नै उहाँको यस्तो हैसियत बनेको हो ।
एक यस्तो पहिचान, जो आज एकै पटकमा दुई-दुई पद खानेवालाहरूलाई पनि यो जीवनमा
प्राप्त गर्न धौ-धौ पर्नेछ ।
कानुन दिवसको दिनमा बारले बेञ्चलाई
बहिष्कार गर्नेसम्मको स्थिति पुगेपछि सबैले बझ्नुपर्छ- टाकुरामा उभिँदैमा
मानिस अग्लो नहुने रहेछ । मानिसको अधिकार र प्रभाव भन्ने कुरा दुई नितान्त
भिन्न-भिन्न विषय हुँदारहेछन् । अधिकार पदसँग आउँछ र पदसँगै बिदा हुन्छ ।
प्रभाव चिर स्थायी रहन्छ ।
५) नेपालका शीर्ष भनिएका नेताहरूले
कोठाहरूमा प्रयोग गर्ने ‘बाध्यात्मक स्थिति र बाध्यकारी शक्ति’ प्रति
सम्पूर्ण राष्ट्रको ध्यानाकर्षण गराउन चाहन्छु । मानिसको झैं राष्ट्रको
जीवनमा पनि यदाकदा केही बाध्यात्मक अवस्थाहरू निर्माण हुन सक्छन्् । तर
नेपालमा नेताहरू आप्mनो मनपरितन्त्र छोप्न हरकुकृत्यलाई हरदिन ‘बाध्यकारी’
भनेर उन्मुक्ति लिन खोज्ने निन्दनीय प्रचलन सुरु भएको छ । जो नेताले हरदिन
बाध्यतामा निर्णय गर्छन् त्यो नेता होइन । हरदिन बाध्यतामा निर्णय
गर्नुपर्ने मानिसलाई नेता मानेर जो-जो कार्यकर्ता छन्, ती पनि दोषमुक्त हुन
सक्दैनन्् ।
सुन्दछु, लोकमान प्रकरणमा विद्यार्थी
संगठनहरूले उपत्यका बन्द गर्दैछन् रे । यो प्रकरणमा चार दलसम्बद्ध कुनै पनि
संगठनलाई विरोध गर्ने नैतिक हक छैन । विद्यार्थी नेताहरूलाई भन्न चाहन्छु,
‘बन्द गर्नु नै छ भने आ-आफ्ना शीर्षनेताहरूलाई तिनको घरभित्रै बन्द गर ।
निरीह जनतालाई दुःख दिएर आफ्नो कायरता प्रदर्शन नगर । शक्तिशालीका अगाडि
जायज कुरामा उभिने गुणलाई ‘सौर्य’ भनिन्छ । कमजोर र गरिब जनतालाई दुःख दिने
काम कायरताको प्रतीक हो ।
हरामीपनको पनि हद हुन्छ । नेता राति-राति
दस्तखत गर्छ, उसकै भ्रातृ संगठनका कार्यकर्ता दिउँसो बन्द गरेर
सामान्यजनलाई सास्ती दिन्छ । हे विद्यार्थी नेता हो ! तिम्रो साहस सक्कली
हो भने आपmना नेतालाई उसैको घरमा बन्द गर । चार दल अग्रगमनका प्रतीक हुने र
तिनैको सिफारिसमा आएको एक्लो लोकमानसिंह कार्की प्रतिगमनका नाइके हुने
भन्ने जस्तो वाहियात कुनै अर्को तर्क हुन सक्दैन । भाइहरूको साहस सक्कली हो
भने पुतला लोकमानसिंह कार्कीको होइन, आ-आफ्ना शीर्षनेताहरूको जलाऊ । होइन
भने यस्तो सस्तो नाटक नगर । नाटक गर्नै नै हो भने अलि स्तरीय नाटक गर
भाइहरू । गुरुकुल, सर्वनाम र मन्डला थिएटरमा भर्ना खुल्ला छ ।
हो, मोहन वैद्यको ३३ दलीय गठबन्धन वा
अन्यलाई भने यो प्रकरणमा विरोध गर्ने नैतिक हक छ । किनभने उनीहरू यस
प्रकरणमा वैधानिक रूपले सहभागी थिएनन् ।
६) ठूल्ठूला नेताहरू कोठामा कुरा गर्दा
भारत र चीनलाई ‘बाध्यकारी’ शक्ति भनेर चित्रित गर्छन् । चीनले नेपाली
राजनीतिमा ‘माइक्रो म्यानेज’ नगर्ने हुनाले त्यति चर्चामा आउँदैन । भारत
कहिलेकाहीं आफैं माइक्रो म्यानेज गर्छ र कहिलेकाहीं भारतलाई नेपालको
आन्तरिक मामिलामा जबर्जस्ती घिसारेर ल्याउने काम नेपाली नेताहरूले नै
गर्छन् ।
अपवादबाहेक पञ्चायतकालदेखि अहिलेसम्म सबै
पक्ष मनमनै चाहन्छन् भारतले नेपालको आन्तरिक राजनीतिमा ‘खेलोस्’ । परिआए,
फाउल पनि हानोस् । नेपाली नेताहरूको खास गुनासो नेपालको आन्तरिक राजनीतिमा
‘फाउल’ हानिएकोमा होइन । रोदन भारतले आफ्नो पक्षबाट नहानेर विपक्षीका
तर्फबाट फाउल हानिदिन्छ कि भन्ने भयले गर्दा उत्पन्न भएको मात्र हो । भारत
पनि के गरोस् ? कस-कसको पक्षबाट पो खेलोस् ? आफ्नो सजिलोका निम्ति भारतले
सबै टिममा आपmना मान्छे घुसाइदिएर ‘हात खाली नहुने चिठा’ समातेर बसेको छ ।
नेपालको आन्तरिक राजनीतिमा भारतलाई मात्र
होइन, अन्य फुच्चेफाच्चे देशहरूलाई समेत साम, दाम, दण्ड र भेद प्रयोग गर्ने
सुविधा अरू कसैले होइन, हामीले आफैं दिएका हौं । आपmनो मर्यादामा
नबस्नेलाई अरूले इज्जत गर्नुपर्छ भन्ने कुनै जरुरी छैन । हाम्रा
शीर्षनेताहरू र तिनका प्यादाहरूको मुखबाट लगातार निस्कने यो ‘बाध्यकारी’
दुर्गन्धको मूलस्रोत तिनीहरू आफैं हुन् । आफूलाई लिलाममा राखेपछि
‘बाध्यकारी दबाब’ दिनेहरू आए भनेर रुनुको कुनै अर्थ छैन । सम्मान मानिसले
आर्जन गर्ने कुरा हो, मागेर पाइने कुरा होइन ।
हिजै मात्रै एक अद्भुत दृश्य देखेँ । ९०
वर्ष पुग्न थालेका भारतका विख्यात प्राध्यापक विमलप्रसाद सकिनसकी, बडा
मुस्किलले एक-एक पाइला टेकेर, आपmनो छोराको हात समातेर किसुनजीको आश्रम
पुगे । जतनसँग राखिएको किसुनजीको कोठामा पुगेपछि अमिताले उनलाई किसुनजीका
तस्बिरहरू देखाइन् । बडा भावपूर्ण मुद्रामा उनले तस्बिर हेरे र भने, ‘कितना
तेज है इस चेहरे मे ।’
किसुनजीको सुराही, लुगाफाटालगायत अन्य
सामग्री पनि बडा चाख मानेर हेरे । पुराना सम्झनाहरू सुनाए । साथमा आएको
छोराले पनि बडा चाख मानेर आपmनो पिताका सम्झनाहरू सुन्यो । विमलप्रसादजी
जुन आदरयुक्त मुद्रामा किसुनजीको तस्बिर हेर्थे, मुस्कुराउँथे, सम्झना
सुनाउँथे, त्यो विरलै देख्न पाइने दृश्य थियो । विरलै यस अर्थमा किनभने
विमलप्रसादजी आजभन्दा २२ वर्षअघि नेपालका लागि भारतीय राजदूत नियुक्त भएका
थिए र छेउमा बसेका पुत्र जयन्तप्रसाद बहालवाला भारतीय राजदूत छन् ।
र्फकंदा मैले विमलप्रसादजीलाई सोधेँ,
‘प्रोफेसर साहब ! मलाई बडा खुसी लाग्यो कि तपाईंले आफ्नो शारीरिक
अस्वस्थताका बाबजुद किसुनजीलाई सम्झनु भयो । होइन भने आजकाल मानिस उहाँलाई
यहाँ सम्झ्छन् र ?’ विमलप्रसादजीले गम्भीर मुद्रामा जवाफ दिए, ‘के कुरा
गरेको तपाईंले ? किसुनजी एक लेजेन्डरी मानिस हुन् । मेरो सौभाग्य मैले
उहाँजस्ता निष्ठावान मानिससित परिचित हुने मौका पाएँ ।’ म केही बोलिनँ ।
भन्न त चाहन्थे मानिसको पद कति अस्थायी र पहिचान कति स्थायी हुँदोरहेछ ।
त्यसको मर्यादा गर्ने जीवन्त शिक्षा दिएकोमा धन्यवाद प्रोफेसर साहब !’
रिटको एक अंश
न । सबैलाई थाहा छ, बहुदलीय नेपालमा रोपिएको कर्मचारीतन्त्रको राजनीतीकरणको विषवृक्ष आज कति बाक्लो गरी झांगिएको छ । अब संवैधानिक निकायहरूको नियुक्तिहरूमा पनि राजनीतिक भागबन्डाको त्यो विषवृक्षले आपmना हाँगाबिंगा फैलायो भने भने त्यसमा केको आश्चर्य ?
जनताले बडो गहिरोसित बुझ्न जरुरी छ, नेपालका शीर्षनेताहरूका निम्ति संविधान शब्दको विषय हो, जीवनको होइन । होइन भने नेताहरूलाई बोध हुनुपर्ने थियो- कुनै पनि संविधानलाई निर्विवाद रूपले सर्वोच्च बनाउन, संवैधानिक पदाधिकारीहरू पनि विवादरहित पृष्ठभूमिबाट चयन गर्न अनिवार्य हुन्छ । ‘विवाद’ भन्ने कुरा राजनीति र राजनीतिकर्मीहरूका विषयमा ‘सामान्य’ मानिन सक्छ । तर संविधान र संवैधानिक नियुक्तिका विषयमा ‘यति चर्को विवाद’ हुनु लज्जास्पद विषय हो ।
३) यति तिक्त विवादपछि संवेदनशील कुर्सीमा पुगेका लोकमानजीले आपmनो संस्थासँग भएका अधिकारको आगामी दिनमा कसरी प्रयोग गर्नेछन् ? हेर्न बाँकी छ । कुनै पनि योग्य मानिसका निम्ति पद वा अधिकार भन्ने कुरा फगत एक जिम्मेवारीमात्र हो, तर अयोग्यका निम्ति भने त्यही कुरा फुर्तीफार्ती, धाक, रवाफ र त्रासको औजारबाहेक केही पनि हुँदैन । पदले मानिसलाई प्रचार दिन सक्छ, पहिचान दिन सक्दैन ।
४) एउटा पदको सीमित घेराका विषयमा भएको विवादभन्दा माथि उठेर हेर्ने हो भने लोकमानजीले नेपाली समाजलाई तिरिनसक्नु गुन लगाएका छन् । उनका कारण शीर्ष भनिएका नेताहरूको ‘बाध्यकारी औकात’ गल्ली-गल्लीमा छताछुल्ल भएको छ । झगडियालाई घरमा बोलाएर राति-राति ‘चियर्स’ गरेर नेपालको न्यायिक नेतृत्वले आफूलाई ‘..लाई भन्दा देख्नेलाई लाज’ को स्थानमा उभ्याइदिएको छ ।
सुन्दा वर्तमान पिढीलाई विश्वास पनि नलाग्ला ‘अधिनायकवादी पञ्चायती व्यवस्था’ अन्तर्गत यही देशको अदालतमा यस्ता पनि प्रधानन्यायाधीश र न्यायाधीशहरू थिए, जसले त्यसबेला संविधानभन्दा पनि माथि रहेको दरबारको दबाबविपरीत अनेक आदेश दिए । त्यस्ता अनेक न्यायमूर्ति थिए र पो यो देशमा जनताको पक्षमा काम गर्ने वा बोल्ने पुस्ता निस्सासिएर मर्नु परेन । नेताहरूले सत्तोसराप गर्ने राजा ज्ञानेन्द्रको शाहीकालमा पनि नैतिकवान न्यायमूर्तिहरूले न्यायको आवाजलाई दबाब वा लोभसित साटेका भए दोस्रो जनआन्दोलनको बिरुवा पनि हुर्कनु अगाडि नै सुकिसक्ने थियो । आज यही देशमा मानिस भन्न थालेका छन्, ‘अब मुद्दा जित्न वकिल होइन, न्यायाधीश राख्नुपर्छ । वकिल राखे भन्न सकिन्न, न्यायाधीश राखे काम पक्का ।’
मैले आफ्नै जीवनकालमा विश्वनाथ उपाध्यायजस्ता न्यायाधीश देखेँ। उहाँजस्तो महापुरुषसँग सत्संगको सौभाग्य मिल्यो । विश्वनाथजीजस्ता अनेक ज्ञात-अज्ञात न्यायाधीशहरू न्यायमूर्तिको कुर्सीमा बसेपछि उनीहरूले न्यायबाहेक केही देख्दैनथे । सुन्दछु, आजभोलि केही न्यायाधीशहरू बुट्टा भएको र बुट्टा नभएको टीसर्टबाहेक केही देख्दैनन् ।
मलाई हमेसा गर्व हुनेछ, मैले गणेशराज शर्माजस्ता सादगी, ज्ञान र महानताका जीवन्त मूर्तिसँग समय बिताउने अवसर पाएँ । उहाँले इसारामात्र गरेको भए २०४७ पछि संविधान आयोगको अध्यक्ष पद राजा वीरेन्द्र र किसुनजीले मिलेर गणेशराजजीको ढोकासम्म पुर्याइदिने थिए । खोजेको भए, सर्वोच्च अदालतमा कुनै कुर्सी यस्तो बँाकी हुने थिएन, जसमा गणेशराज शर्मा विराजमान हुन नसकुन् । संवैधानिक सवालहरूमा लोभलाग्दो निरन्तरता र पदप्रति अनाशक्तिले गर्दा नै उहाँको यस्तो हैसियत बनेको हो । एक यस्तो पहिचान, जो आज एकै पटकमा दुई-दुई पद खानेवालाहरूलाई पनि यो जीवनमा प्राप्त गर्न धौ-धौ पर्नेछ ।
कानुन दिवसको दिनमा बारले बेञ्चलाई बहिष्कार गर्नेसम्मको स्थिति पुगेपछि सबैले बझ्नुपर्छ- टाकुरामा उभिँदैमा मानिस अग्लो नहुने रहेछ । मानिसको अधिकार र प्रभाव भन्ने कुरा दुई नितान्त भिन्न-भिन्न विषय हुँदारहेछन् । अधिकार पदसँग आउँछ र पदसँगै बिदा हुन्छ । प्रभाव चिर स्थायी रहन्छ ।
५) नेपालका शीर्ष भनिएका नेताहरूले कोठाहरूमा प्रयोग गर्ने ‘बाध्यात्मक स्थिति र बाध्यकारी शक्ति’ प्रति सम्पूर्ण राष्ट्रको ध्यानाकर्षण गराउन चाहन्छु । मानिसको झैं राष्ट्रको जीवनमा पनि यदाकदा केही बाध्यात्मक अवस्थाहरू निर्माण हुन सक्छन्् । तर नेपालमा नेताहरू आप्mनो मनपरितन्त्र छोप्न हरकुकृत्यलाई हरदिन ‘बाध्यकारी’ भनेर उन्मुक्ति लिन खोज्ने निन्दनीय प्रचलन सुरु भएको छ । जो नेताले हरदिन बाध्यतामा निर्णय गर्छन् त्यो नेता होइन । हरदिन बाध्यतामा निर्णय गर्नुपर्ने मानिसलाई नेता मानेर जो-जो कार्यकर्ता छन्, ती पनि दोषमुक्त हुन सक्दैनन्् ।
सुन्दछु, लोकमान प्रकरणमा विद्यार्थी संगठनहरूले उपत्यका बन्द गर्दैछन् रे । यो प्रकरणमा चार दलसम्बद्ध कुनै पनि संगठनलाई विरोध गर्ने नैतिक हक छैन । विद्यार्थी नेताहरूलाई भन्न चाहन्छु, ‘बन्द गर्नु नै छ भने आ-आफ्ना शीर्षनेताहरूलाई तिनको घरभित्रै बन्द गर । निरीह जनतालाई दुःख दिएर आफ्नो कायरता प्रदर्शन नगर । शक्तिशालीका अगाडि जायज कुरामा उभिने गुणलाई ‘सौर्य’ भनिन्छ । कमजोर र गरिब जनतालाई दुःख दिने काम कायरताको प्रतीक हो ।
हरामीपनको पनि हद हुन्छ । नेता राति-राति दस्तखत गर्छ, उसकै भ्रातृ संगठनका कार्यकर्ता दिउँसो बन्द गरेर सामान्यजनलाई सास्ती दिन्छ । हे विद्यार्थी नेता हो ! तिम्रो साहस सक्कली हो भने आपmना नेतालाई उसैको घरमा बन्द गर । चार दल अग्रगमनका प्रतीक हुने र तिनैको सिफारिसमा आएको एक्लो लोकमानसिंह कार्की प्रतिगमनका नाइके हुने भन्ने जस्तो वाहियात कुनै अर्को तर्क हुन सक्दैन । भाइहरूको साहस सक्कली हो भने पुतला लोकमानसिंह कार्कीको होइन, आ-आफ्ना शीर्षनेताहरूको जलाऊ । होइन भने यस्तो सस्तो नाटक नगर । नाटक गर्नै नै हो भने अलि स्तरीय नाटक गर भाइहरू । गुरुकुल, सर्वनाम र मन्डला थिएटरमा भर्ना खुल्ला छ ।
हो, मोहन वैद्यको ३३ दलीय गठबन्धन वा अन्यलाई भने यो प्रकरणमा विरोध गर्ने नैतिक हक छ । किनभने उनीहरू यस प्रकरणमा वैधानिक रूपले सहभागी थिएनन् ।
६) ठूल्ठूला नेताहरू कोठामा कुरा गर्दा भारत र चीनलाई ‘बाध्यकारी’ शक्ति भनेर चित्रित गर्छन् । चीनले नेपाली राजनीतिमा ‘माइक्रो म्यानेज’ नगर्ने हुनाले त्यति चर्चामा आउँदैन । भारत कहिलेकाहीं आफैं माइक्रो म्यानेज गर्छ र कहिलेकाहीं भारतलाई नेपालको आन्तरिक मामिलामा जबर्जस्ती घिसारेर ल्याउने काम नेपाली नेताहरूले नै गर्छन् ।
अपवादबाहेक पञ्चायतकालदेखि अहिलेसम्म सबै पक्ष मनमनै चाहन्छन् भारतले नेपालको आन्तरिक राजनीतिमा ‘खेलोस्’ । परिआए, फाउल पनि हानोस् । नेपाली नेताहरूको खास गुनासो नेपालको आन्तरिक राजनीतिमा ‘फाउल’ हानिएकोमा होइन । रोदन भारतले आफ्नो पक्षबाट नहानेर विपक्षीका तर्फबाट फाउल हानिदिन्छ कि भन्ने भयले गर्दा उत्पन्न भएको मात्र हो । भारत पनि के गरोस् ? कस-कसको पक्षबाट पो खेलोस् ? आफ्नो सजिलोका निम्ति भारतले सबै टिममा आपmना मान्छे घुसाइदिएर ‘हात खाली नहुने चिठा’ समातेर बसेको छ ।
नेपालको आन्तरिक राजनीतिमा भारतलाई मात्र होइन, अन्य फुच्चेफाच्चे देशहरूलाई समेत साम, दाम, दण्ड र भेद प्रयोग गर्ने सुविधा अरू कसैले होइन, हामीले आफैं दिएका हौं । आपmनो मर्यादामा नबस्नेलाई अरूले इज्जत गर्नुपर्छ भन्ने कुनै जरुरी छैन । हाम्रा शीर्षनेताहरू र तिनका प्यादाहरूको मुखबाट लगातार निस्कने यो ‘बाध्यकारी’ दुर्गन्धको मूलस्रोत तिनीहरू आफैं हुन् । आफूलाई लिलाममा राखेपछि ‘बाध्यकारी दबाब’ दिनेहरू आए भनेर रुनुको कुनै अर्थ छैन । सम्मान मानिसले आर्जन गर्ने कुरा हो, मागेर पाइने कुरा होइन ।
हिजै मात्रै एक अद्भुत दृश्य देखेँ । ९० वर्ष पुग्न थालेका भारतका विख्यात प्राध्यापक विमलप्रसाद सकिनसकी, बडा मुस्किलले एक-एक पाइला टेकेर, आपmनो छोराको हात समातेर किसुनजीको आश्रम पुगे । जतनसँग राखिएको किसुनजीको कोठामा पुगेपछि अमिताले उनलाई किसुनजीका तस्बिरहरू देखाइन् । बडा भावपूर्ण मुद्रामा उनले तस्बिर हेरे र भने, ‘कितना तेज है इस चेहरे मे ।’
किसुनजीको सुराही, लुगाफाटालगायत अन्य सामग्री पनि बडा चाख मानेर हेरे । पुराना सम्झनाहरू सुनाए । साथमा आएको छोराले पनि बडा चाख मानेर आपmनो पिताका सम्झनाहरू सुन्यो । विमलप्रसादजी जुन आदरयुक्त मुद्रामा किसुनजीको तस्बिर हेर्थे, मुस्कुराउँथे, सम्झना सुनाउँथे, त्यो विरलै देख्न पाइने दृश्य थियो । विरलै यस अर्थमा किनभने विमलप्रसादजी आजभन्दा २२ वर्षअघि नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए र छेउमा बसेका पुत्र जयन्तप्रसाद बहालवाला भारतीय राजदूत छन् ।
र्फकंदा मैले विमलप्रसादजीलाई सोधेँ, ‘प्रोफेसर साहब ! मलाई बडा खुसी लाग्यो कि तपाईंले आफ्नो शारीरिक अस्वस्थताका बाबजुद किसुनजीलाई सम्झनु भयो । होइन भने आजकाल मानिस उहाँलाई यहाँ सम्झ्छन् र ?’ विमलप्रसादजीले गम्भीर मुद्रामा जवाफ दिए, ‘के कुरा गरेको तपाईंले ? किसुनजी एक लेजेन्डरी मानिस हुन् । मेरो सौभाग्य मैले उहाँजस्ता निष्ठावान मानिससित परिचित हुने मौका पाएँ ।’ म केही बोलिनँ । भन्न त चाहन्थे मानिसको पद कति अस्थायी र पहिचान कति स्थायी हुँदोरहेछ । त्यसको मर्यादा गर्ने जीवन्त शिक्षा दिएकोमा धन्यवाद प्रोफेसर साहब !’
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
|
|
त्यसपछि भाइ हेर्ने जिम्मा आयो दुई
कक्षामा पढ्ने दिदी आयुष्काको । उनले भाइलाई बिस्कुट किनेर दिइन् । कक्षामा
पस्नुअघि एकछिन भाइलाई डुलाइन् । केहीबेरअघि दाइसँग कक्षामा बस्दा
रोइरहेका आशिष उतिखेरै खुशी भए ।
दिदीसँग यतिधेरै खुशी हुने भाइ दाइसित
हुँदा चाहिँ किन रोएको त ? ‘खै मैले चुप लाग भनेकै हो, मानेन’ चार कक्षामा
पढ्ने दाइ आयुषले भने । हुन उनले पनि कक्षामा हुँदा भाइलाई खानेकुरा खान
दिएका थिए । तर, भाइ एकछिन मात्र चुप लागेर बस्न सक्यो । धेरै बेर रोइरहृयो
। दिदीसँग हिँड्ने बित्तिकै भाइ उतिखेरै चुप भयो । ‘घरमा पनि मसँग नै
मान्छ भाइ’ लजाईलजाई आयुष्काले भनिन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
|
|
के तपाईले खाना पकाउने एल.पी. ग्यासका
लागि उपभोक्ता कार्ड बनाउनुभयो ? यदि बनाउनुभएको छैन भने आउँदो असारदेखि
तपाईको चुलोमा ग्यासको सिलिन्डर नपुग्न सक्छ । किनभने आयल निगमले असार १
गतेदेखि कार्ड नभएका उपभोक्तालाई ग्यास नदिने भन्दै अहिल्यैदेखि सचेत गराउन
थालेको छ ।
एल.पी. ग्यासमा घाटा बेहोर्दै आएको नेपाल
आयल निगमले घाटा कम गर्न र ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन दूईथरि
मूल्यका रातो र नीलो रङका सिलिण्डर प्रयोगमा ल्याउँदैछ । निगमले व्यावसायिक
प्रयोजनका लागि नीलो र घरायसी प्रयोजनका लागि रातो सिलिण्डर प्रयोगमा
ल्याउने भएको छ । सरकारले रातो रङको सिलिण्डरमा सहुलियत दिने र नीलो रङको
सिलिण्डर परल मूल्यमा बिक्री गर्ने योजना बनाएको छ ।
अहिल्यैदेखि कार्ड बनाउनुपर्ने
निगमले छिटो भन्दा छिटो नजिकको डिलरमा गएर
कार्ड लिन उपभोक्ताहरुलाई आग्रह गरेको छ । असार १ गतेदेखि कार्ड नलिई
ग्यास खरिद गर्न आउने उपभोक्ता एवं व्यवसायीलाई ग्यास बिक्री नगर्ने
बताइएको छ । अहिले ग्यास उद्योग र ग्यास विक्रेताहरुले उपभोक्तालाई कार्ड
वितरण गर्ने काम धमाधम गरिरहेका छन् । निगमले मापदण्ड पूरा गरी प्रमाणित
भएका ग्याँस बिक्रेताहरुलाई मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको छ
। यसैवीच नेपाल आयल निगम, आपूर्ति, वितरण तथा एभिएशन विभागले ग्यास
उपभोक्ताहरुले समयमै आफ्नो नजिकको ग्यास बिक्रेताकहाँ गएर ग्यास कार्ड
बनाउन उर्दी गरेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
Movie Review
Facebook मा हामीलाई यहाँ Like गर्नुहोस् !
Recent Video Entries
Recent Updates
Recomment to Your Friends
Current Views
Copyright © 2012. www.hamrokollywood.com. All rights reserved.

